बेलायतलाई आशादायी भविष्य प्रदान गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता « Khabarhub

बेलायतलाई आशादायी भविष्य प्रदान गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले देशलाई आशादायी भविष्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार राति टेन डाउनिङ स्ट्रिटमा आयोजित दीपावली समारोहमा उनले बेलाइतलाई आशादायी भविष्य प्रदान गर्न हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आफ्नो सरकारी निवासमा उज्यालो पर्व मनाउँदै गरेको तस्विर सामाजिक सञ्जालबाट साझा गर्दै उहाँले सबैप्रति शुभकामना व्यक्त गरे । ‘आज राति टेन डाउनिङ स्ट्रिटमा भएको दीपावलीको कार्यक्रममा सहभागी हुन पाउँदा हर्षित छु, आगामी पुस्ताले आफ्नो भविष्य आशाका साथ हेर्न सक्ने बेलायत निर्माणका लागि सक्दो प्रयास गर्नेछु’ उनले ट्वीट गरेका छन् ।

राजनीतिक उथलपुथलका कारण लिज ट्रसले राजीनामा गरेपछि सात हप्तामा बेलाइतको तेस्रो प्रधानमन्त्री बनेका उनले गत मङ्गबार दिनुभएको पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  १० : ०३ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी