बेलायतलाई आशादायी भविष्य प्रदान गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता « Khabarhub

बेलायतलाई आशादायी भविष्य प्रदान गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले देशलाई आशादायी भविष्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार राति टेन डाउनिङ स्ट्रिटमा आयोजित दीपावली समारोहमा उनले बेलाइतलाई आशादायी भविष्य प्रदान गर्न हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आफ्नो सरकारी निवासमा उज्यालो पर्व मनाउँदै गरेको तस्विर सामाजिक सञ्जालबाट साझा गर्दै उहाँले सबैप्रति शुभकामना व्यक्त गरे । ‘आज राति टेन डाउनिङ स्ट्रिटमा भएको दीपावलीको कार्यक्रममा सहभागी हुन पाउँदा हर्षित छु, आगामी पुस्ताले आफ्नो भविष्य आशाका साथ हेर्न सक्ने बेलायत निर्माणका लागि सक्दो प्रयास गर्नेछु’ उनले ट्वीट गरेका छन् ।

राजनीतिक उथलपुथलका कारण लिज ट्रसले राजीनामा गरेपछि सात हप्तामा बेलाइतको तेस्रो प्रधानमन्त्री बनेका उनले गत मङ्गबार दिनुभएको पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  १० : ०३ बजे

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक