पोखरामा विदेशीले पनि लगाए भाइटीका « Khabarhub

पोखरामा विदेशीले पनि लगाए भाइटीका


१० कार्तिक २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- नेपालीहरूको महान चाड तिहारका अवसरमा पश्चिमाञ्चल होटेल सङ्घ पोखराद्वारा आयोजित १५ औँ भाइटिका महोत्सवमा ३५ जना विदेशीले भाइटीका लगाएका छन् । होटल सङ्घ पोखराले तिहारका अवसरमा भाइटीका महोत्सवलाई निरन्तरता दिँदै आएकोमा यस वर्ष १५ औं संस्करणको महोत्सव गरिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा विदेशी पर्यटकलाई रेन्बो चिल्ड्रेन नेपालका दिदीबहिनीहरूले टीकासँगै माला, ढाकाको टोपी लगाइदिएका थिए ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सङ्घले जनाएको छ । सो भाइटीकामा जापान, स्वीटजरल्याण्ड, अमेरिका, फ्रान्स, जर्मनी, भारतलगायतका पर्यटक सहभागी थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  १० : ३५ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत