समानुपातिकतर्फ एमालेले २२ लाख मत कटायो : कांग्रेसको २१ लाख ६६ हजार « Khabarhub

समानुपातिकतर्फ एमालेले २२ लाख मत कटायो : कांग्रेसको २१ लाख ६६ हजार


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समानुपातिक प्रणालीतर्फ नेकपा (एमाले)ले सबैभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले आइतबार बिहान सार्वजनिक गरेको मत परिणाम अनुसार समानुपातिकमा एमालेले २२ लाख ६९ हजार ११४ मत पाएको हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ लाख ६६ हजार ४८९ मत पाएको छ । प्रत्यक्षतर्फ कांग्रेसले बढी सिट जिते पनि समानुपातिकमा एमाले अगाडि देखिएको हो ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ९ लाख ४९ हजार ८२० मत पाएको छ भने माओवादीसँग समानुपातिकमा प्रतिस्पर्धा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख १२ हजार ८३१ मत पाएको छ ।

पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८३ हजार मत पाएको छ भने जनता समाजवादीले दुई लाख ७३ हजार ४८२ मत पाएको छ । सातौं स्थानमा रहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादीले भने दुई लाख १२ हजार ७७ मात्र मत पाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ४० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल