भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो « Khabarhub

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा (एमाले) दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् ।

प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं. क्षेत्रबाट ३२ हजार ९०४ र क्षेत्र नं २ बाट सात हजार ८६३ मत प्राप्त गर्दै कुल ४० हजार ७६७ मतका साथ पहिलो दल बनेको हो । नेमकिपाले क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा १ (२)को सदस्यमा विजय हासिल गरेको थियो ।

यस्तै प्रदेशसभामा एक सदस्य जितेको नेकपा (एमाले)ले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरेको छ । एमालेले क्षेत्र नं. १ बाट आठ हजार १९४ र क्षेत्र नं. २ बाट १७ हजार ८७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताए ।

त्यसैगरी नेपाली कांग्रेसले २३ हजार ७६९ र रास्वपाले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौंथो दल बनेका छन् । कांग्रेसले क्षेत्र नं. १ बाट आठ हजार ८७५ र क्षेत्र नं. २ बाट १४ हजार ८९४ मत प्राप्त गरेको बिसीले जानकारी दिनुभयो । रास्वपाले क्षेत्र नं. १ बाट ११ हजार ११० र क्षेत्र नं. २ बाट ११ हजार ८९६ मत प्राप्त गरेको छ ।

राप्रपाले ११ हजार ३९२ मत प्राप्त गरेको छ । राप्रपाले क्षेत्र नं. १ बाट पाँच हजार ९०३ र क्षेत्र नं. २ बाट पाँच हजार ४८९ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले क्षेत्र नं. १ बाट एक हजार ३६७ र क्षेत्र नं. २ बाट पाँच हजार ४८९ सहित कुल ४ हजार ९८ मत प्राप्त गरेको छ भने नेकपा (एकिकृत समाजवादी)ले दुई हजार १५२ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : १२ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार