तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस पहिलो « Khabarhub

तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस पहिलो


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ। जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको हो।

तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ। त्यस्तै नेकपा (एमाले)ले ३९ हजार चार सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार आठ सय ६८, नेकपा (माओवादी) केन्द्रले १२ हजार पाँच सय ५७ र नेकपा (एकीकृत समाजवादी)ले एक हजार तीन सय ९० मत प्राप्त गरेको छ।

तनहुँ–१ तर्फ कांग्रेसले २० हजार ८९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए। एमालेले १६ हजार छ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार सात सय ३९, माओवादी केन्द्रले सात हजार तीन सय १०, राप्रपाले तीन हजार पाँच सय ३९, एकीकृत समाजवादीले नौ सय ४६, मङ्गोल नेशनल अर्गनाइजेशनले चार सय ५६, राष्ट्रिय जनमुक्ति पार्टीले तीन सय ६१, जनता समाजवादी पार्टी नेपालले तीन सय २२, हाम्रो नेपाली पार्टीले दुई सय २३, नेकपा (माले)ले दुई सय १२, जनमत पार्टीले एक सय ६३, मौलिक जरोकिलो पार्टीले ६२ मत प्राप्त गरेको छ।

तनहुँ–२ को प्रतिनिधिसभामा भने एमाले पहिलो बनेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए। एमालेले २२ हजार आठ सय चार, कांग्रेसले २२ हजार दुई सय ६३, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार एक सय २९, माओवादी केन्द्रले पाँच हजार दुई सय ४७, राप्रपाले एक हजार सात सय ३४, मङ्गोल नेशनल अर्गनाइजेशनले छ सय २५, एकीकृत समाजवादीले चार सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीले चार सय २९, हाम्रो नेपाली पार्टीले चार सय १७, नेकपा (माले)ले एक सय ३४, जनता समाजवादी पार्टीले एक सय एक, जनमत पार्टीले ८५ मत प्राप्त गरेको छ।

कांग्रेसले तनहुँ–१ र २ को प्रतिनिधिसभामा विजय हासिल गरेको छ। त्यस्तै तनहुँ–१ (१) र तनहुँ–२ (२)को प्रदेशसभामा विजय हासिल गरेको छ। एमालेले तनहुँ–२ (१) र माओवादी केन्द्रले तनहुँ–१ (२) को प्रदेशसभामा विजय हासिल गरेको छ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : ५१ बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा