मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने यादव | Khabarhub Khabarhub

मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने यादव


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद भएका छन्। माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनी मात्रै निर्वाचित भए।

सर्लाही दुईबाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित भएका हुन्। रायले २३ हजार पाँच सय २९ मत पाउँदा महतोले २१ हजार पाँच सय १८ मत प्राप्त गरे।

मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएको थियो। धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित भए। महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा एमाले नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित भए।

विसं २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइनन्। उनी डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको अध्यक्ष हुन्। पार्टी फरक भए पनि उनी यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हसियाँ हथौडा लिएर चुनावमा होमिएका थिए।

को हुन् राय?

राय नेपाली राजनीतिको परिचित नाम हो। विसं २०६२÷६३ अघिसम्म एमालेबाट राजनीति गरेका राय सो पार्टीको केन्द्रीय सदस्यसमेत बने। सोही पार्टीबाट २०५१ को मध्यावधि निर्वाचन र २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर सर्लाहीबाट निर्वाचित भए।

तर २०६२÷६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई–मधेस लोकतान्त्रिक पार्टी स्थापना गरेर त्यसको महासचिव बने। राजनीतिक घटनाक्रमले मधेसवादी दल जुट्न र फुट्न थालेपछि उनी तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्यसमेत भए।

पछि राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम एकीकरण गरी बनेको जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टीको आवद्ध छन्।

राय २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट विजयी भएका थिए। संविधान निर्माणपछिको पहिलो आमनिर्वाचन २०७४ मा पनि उनी सर्लाही–२ बाट निर्वाचित भए।

उनी २०५४ मा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र २०७४ को निर्वाचनपछि कृषि तथा पशुपक्षी विकासमन्त्री बनेका थिए।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १२ : २९ बजे

नदी किनारका यी प्लास्टिकले गिज्याउँदैछन् उपत्यकाबासीलाई (तस्बिरहरू)

काठमाडौं- यही शुक्रबार शनिबार काठमाडौं उपत्यकामा बागमतीसहितका नदीले विनाश र

चणिकलाल तामाङलाई कार्यवाहक प्रधानमन्त्रीको सम्मान

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प : टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

काठमाडौं– टाटा मोटर्सले देशव्यापी आइपरेको बाढीपहिरो तथा डुबानका घटनाबाट क्षति

बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

ललितपुर– शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा