मनाङमा समानुपातिकमा कांग्रेस पहिलो « Khabarhub

मनाङमा समानुपातिकमा कांग्रेस पहिलो


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणामअनुसार  संघमा कांग्रेस पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभातर्फ कांग्रेसले दुई हजार चार सय ३० प्राप्त गरेको छ। यस्तै, एमालेले दुई हजार एक सय ९१ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ४६ मत प्राप्त गरेको छ ।

 माओवादीले एक सय ३३, जनता समाजवादी पार्टीले आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७६, राष्ट्रिय जनमोर्चाले दुई, मजदुर किसान पार्टीले चार, एकीकृत समाजवादी पार्टीले १७, जनमत पार्टीले तीन, हाम्रो नेपाली पार्टीले चार, पुनर्जागरण पार्टी नेपालले एक, नागरिक उन्मुक्ति पार्टीले ५७, मङ्गोल नेशनल अर्गनाइजेनशनले चार, नेपाल जनता पार्टीले दुई मत प्राप्त गरेको छ। 

सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीको एकल चिह्न गितारमा १०, आमूल परिवर्तन मसिहा पार्टीले एक भोट ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा समानुपातितर्फ एमाले पहिलो पार्टी बनेको छ । एमालेले दुई हजार एक सय ६२ मत पाएको छ। कांग्रेसले एक हजार ६ सय ५०, माओवादीले नौ सय चार मत पाएको छ। 

जसपाले ६, राप्रपाले ६३, नेकपा एकीकृत समाजवादीले १२, नागरिक उन्मुक्ति पार्टी १३, नेकपा (माले) २१, मङ्गोल नेशनल अर्गनाइजेशनले आठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक, एकल चिह्न गितारले ११ भोट र एकल चिह्न ‘आमाले बच्चा समाएको’ ले एक भोट ल्याएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १२ : ३७ बजे

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची – सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८