मनाङमा समानुपातिकमा कांग्रेस पहिलो « Khabarhub

मनाङमा समानुपातिकमा कांग्रेस पहिलो


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणामअनुसार  संघमा कांग्रेस पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभातर्फ कांग्रेसले दुई हजार चार सय ३० प्राप्त गरेको छ। यस्तै, एमालेले दुई हजार एक सय ९१ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ४६ मत प्राप्त गरेको छ ।

 माओवादीले एक सय ३३, जनता समाजवादी पार्टीले आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७६, राष्ट्रिय जनमोर्चाले दुई, मजदुर किसान पार्टीले चार, एकीकृत समाजवादी पार्टीले १७, जनमत पार्टीले तीन, हाम्रो नेपाली पार्टीले चार, पुनर्जागरण पार्टी नेपालले एक, नागरिक उन्मुक्ति पार्टीले ५७, मङ्गोल नेशनल अर्गनाइजेनशनले चार, नेपाल जनता पार्टीले दुई मत प्राप्त गरेको छ। 

सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीको एकल चिह्न गितारमा १०, आमूल परिवर्तन मसिहा पार्टीले एक भोट ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा समानुपातितर्फ एमाले पहिलो पार्टी बनेको छ । एमालेले दुई हजार एक सय ६२ मत पाएको छ। कांग्रेसले एक हजार ६ सय ५०, माओवादीले नौ सय चार मत पाएको छ। 

जसपाले ६, राप्रपाले ६३, नेकपा एकीकृत समाजवादीले १२, नागरिक उन्मुक्ति पार्टी १३, नेकपा (माले) २१, मङ्गोल नेशनल अर्गनाइजेशनले आठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक, एकल चिह्न गितारले ११ भोट र एकल चिह्न ‘आमाले बच्चा समाएको’ ले एक भोट ल्याएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १२ : ३७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि