रामेछापमा गठबन्धनका उम्मेदवार विजयी « Khabarhub

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रामेछाप– एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका हुन् । एक लाख ८० हजार एक सय छ मतदाता रहेको भए पनि ८८ हजार छ सय ८० मत मात्र खसेको थियो । खसेको सदर मतमध्ये कान्छाराम ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । तामाङका  निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३० हजार सात सय २९ मत प्राप्त गरेका थिए ।

एमालेका उम्मेदवार ढुङ्गेललाई १६ हजार तीन सय ६९ मतले पछि पार्दै तामाङ निर्वाचित भएका हुन् । प्रतिनिधिसभातर्फको मतगणना सम्पन्न हुँदा चार हजार सात सय ८१ मत बदर भएको थियो । यस्तै प्रदेशसभा ९१० मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १७ हजार एक सय ४८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका शान्तिप्रसाद पौडेलले १५ हजार एक सय ५७ मत प्राप्त गरेका थिए ।

श्रेष्ठले पौडेललाई एक हजार नौ सय ९१ मतले पराजित गरेका हुन् । यस्तै प्रदेशसभा (२) मा पनि गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रका युवराज चौलागाइँले एमालेका मिलनकुमार घिसिङलाई पराजित गरेका छन् । चौलागाइँले २२ हजार नौ सय ७९ मत प्राप्त गर्दा घिसिङले १८ हजार दुई सय छ मत प्राप्त गरेका थिए। चौलागाइँले घिसिङलाई चार हजार सात सय ७३ मतान्तरले पराजित गरेका हुन् । 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  २ : १४ बजे

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची – सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८