रामेछापमा गठबन्धनका उम्मेदवार विजयी « Khabarhub

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रामेछाप– एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका हुन् । एक लाख ८० हजार एक सय छ मतदाता रहेको भए पनि ८८ हजार छ सय ८० मत मात्र खसेको थियो । खसेको सदर मतमध्ये कान्छाराम ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । तामाङका  निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३० हजार सात सय २९ मत प्राप्त गरेका थिए ।

एमालेका उम्मेदवार ढुङ्गेललाई १६ हजार तीन सय ६९ मतले पछि पार्दै तामाङ निर्वाचित भएका हुन् । प्रतिनिधिसभातर्फको मतगणना सम्पन्न हुँदा चार हजार सात सय ८१ मत बदर भएको थियो । यस्तै प्रदेशसभा ९१० मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १७ हजार एक सय ४८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका शान्तिप्रसाद पौडेलले १५ हजार एक सय ५७ मत प्राप्त गरेका थिए ।

श्रेष्ठले पौडेललाई एक हजार नौ सय ९१ मतले पराजित गरेका हुन् । यस्तै प्रदेशसभा (२) मा पनि गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रका युवराज चौलागाइँले एमालेका मिलनकुमार घिसिङलाई पराजित गरेका छन् । चौलागाइँले २२ हजार नौ सय ७९ मत प्राप्त गर्दा घिसिङले १८ हजार दुई सय छ मत प्राप्त गरेका थिए। चौलागाइँले घिसिङलाई चार हजार सात सय ७३ मतान्तरले पराजित गरेका हुन् । 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  २ : १४ बजे

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न

पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी

खडेरी चिर्दै जलवायुमैत्री खेती: फेरिँदै किसानको जीवनस्तर

सिरहा– केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी– म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।