गाईभैँसीमा ‘लम्पि स्किन’ संक्रमण « Khabarhub

गाईभैँसीमा ‘लम्पि स्किन’ संक्रमण


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी–नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेपछि यहाँका किसान चिन्तित बनेका छन् । गाईभैँसीमा ‘लम्पि स्किन’ देखिएपछि किसान समास्यामा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख डा ऋषभ गुरागाँईले  बताए । नवलपुरको देवचुली नगरपालिकामा उक्त समस्या देखिएको हो । देवचुली नगरपालिकासहित गैँडाकोट र कावासोतीमासमेत गाईभैँसीमा रोग देखिएको छ । 

नवलपुरमा गत असोजदेखि फाट्टफुट्ट ‘लम्पि स्किन’ रोग देखा परेकामा अहिले जिल्लाका विभिन्न पालिकामा समेत फैलिएको उनले बताए । देवचुली नगरपालिकामा गाईभैँसीमा यो रोगको अवस्था भयावह रहेको उनको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा रोग फैलिँदै गएको कार्यालय प्रमुख गुरागाइँले बताए ।

‘असोजमा फाट्टफुट्ट देखिएको थियो, अहिले विभिन्न पालिकामा फैलिएको छ’, उनले भने। देवचुलीका १३ गोठबाट नमूना सङ्कलन गरिएको थियो । सत्तरी ७० प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ भएमा ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा पशुको मृत्यु हुने गुरागाइँले बताए । 

किर्ना, भुसानाबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै रहेको उनले बताए। रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको गुरागाइँको भनाइ छ । ‘खोप उपलब्ध नहुँदा थप समस्या भएको छ, सरकारले खोप खरिदको निर्णय गरिसकेको छैन्, सङ्क्रमण देखिएको पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने, किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ’, उनले भने । 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  २ : ४६ बजे

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

भगवान विष्णुको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ३ गते बिहीबार ।

आज २०८३ साल वैशाख ३ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ३ गते बिहीबार ।

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका