प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा धेरै मत बदर « Khabarhub

प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा धेरै मत बदर


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको सङ्ख्या प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बढी भएको छ । जिल्लाका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेशसभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ११ हजार ६ सय २८ मत बदर भएको छ भने प्रदेशका ६ निर्वाचन क्षेत्रमा १६ हजार एक सय १७ मत बदर भएको छ । चितवन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ तीन हजार ६ सय २१ मत बदर भएको छ । जहाँ ९५ हजार ४१ मत खसेको थियो । 

यस्तै क्षेत्र नं २ मा तीन हजार दुई सय ५० मत बदर भएको कार्यालयले जनाएको छ । जहाँ ८७ हजार दुई सय ४० मत खसेको थियो । क्षेत्र नं ३ मा चार हजार सात सय ५७ मत बदर भएको छ । यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो । यस्तै निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा दुई हजार नौ र प्रदेशसभा २ मा एक हजार नौ सय ४३ मत बदर भएको छ ।

निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ मा तीन हजार ५० र प्रदेशसभा २ मा तीन हजार दुई सय ८४ मत बदर भएको छ । त्यसैगरी क्षेत्र नं ३ प्रदेशसभा १ मा तीन हजार दुई सय ४८ मत र प्रदेशसभा २ मा दुई हजार ६ सय १९ मत बदर भएको छ । 

कार्यालय प्रमुख भीमसेन कार्कीले मतदाता शिक्षा गाउँगाउँमा पुगेको भए पनि बदर हुने सङ्ख्यामा कमी आउन नसकेको बताए । प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा मत बढी बदर हुनुमा मतदाताले मत संकेत नगरी मतदान गरेको धेरै पाइएको उनको भनाइ छ । 

मतदाताले मत संकेत गर्दा बाहिर गरेको, दुई चिह्नमा मतदान गरेको जस्ता गल्ती मतपत्र भेटिएको उनले बताए। उनले भने ‘प्रदेशसभाको मतपत्रमा मतदाताले मत संकेत नगरेको र दुई ठाउँमा मतदान गरेका मतपत्र धेरै छन् ।’

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ३१ बजे

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

भगवान विष्णुको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ३ गते बिहीबार ।

आज २०८३ साल वैशाख ३ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ३ गते बिहीबार ।

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका