विश्वविद्यालय विशिष्टीकृत हुनुपर्नेमा मन्त्री पौडेलको जोड « Khabarhub

विश्वविद्यालय विशिष्टीकृत हुनुपर्नेमा मन्त्री पौडेलको जोड


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बनेपा– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभित्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनताको अधिकार स्थापित गर्नुपर्ने बताएका छन् । विश्वविद्यालयहरू विशिष्टीकृत हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले गुणस्तरीय शिक्षा पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गर्न नहुने बताए ।  

काभ्रेपलाञ्चोकको धुलिखेलमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा निर्माण गरिएको ‘वातावरण भवन’ को आज उद्घाटन गर्दै मन्त्री पौडेलले काठमाडौँ विश्वविद्यालय प्राविधिक क्षेत्रको विषयमा अरु विश्वविद्यालयमध्येमा उदाहरणीय बन्दै गएको बताए ।

विश्वव्यापिकरणको युगमा इच्छाएको देशमा गएर अध्ययन गर्न पाउनु स्वभाविक भए पनि नागरिकले पढ्न चाहेको शिक्षा देशभित्रैबाट प्राप्त गर्न पाउने वातावरण विश्वविद्यालयहरूले बनाउनुपर्नेमा उनको जोड थियो । ‘नागरिकले चाहेको शिक्षा देशभित्र नै प्राप्त हुनुपर्छ, त्यस्तो शिक्षा प्रदान गर्नु विश्वविद्यालयको दायित्व हो’, उनले भने, ‘राज्यले तोकेको प्रक्षेपणअनुसार कुन प्रकृतिको जनशक्ति कति उत्पादन गर्ने भन्ने विवरण विश्वविद्यालयहरूले निर्धारण गर्नुपर्छ ।’

विश्वविद्यालय खुल्दै जाने र पुरानै खालको विषय बढाउँदै जाने हो भने सङ्ख्या मात्रै थपिन्छ तर सङ्ख्याभन्दा पनि गुणस्तरमा जोड दिन उनले आग्रह गरे । मन्त्री पौडेलले प्रदेशलाई पनि संविधानले दिएको अधिकारअनुसार विश्वविद्यालयहरू खोल्ने मान्यता दिएको बताए। 

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले सरकारको नीति तथा बजेटमा काठमाडौँ विश्वविद्यालयलाई पनि नयाँ कार्यक्रम परेको उल्लेख गर्दै त्यसले नेपालको विकासको अर्को मोडेलमा जाने काममा थप सहयोग पुग्ने बताए । विश्वविद्यालयको इन्भाइरोन्मेन्ट साइन्स एण्ड इन्जिनियरिङ विभागका डा. विकास अधिकारीले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तीन करोड ११ लाखमा भवन निर्माण भएको जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ५२ बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक