दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय « Khabarhub

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै जिल्लाका १० मतदान केन्द्रमा पुनः मतदान गरिने जनाएको हो ।

गत साताको आइतबार सम्पन्न मतदान स्वतन्त्र, निष्पक्ष, स्वच्छ र भयरहीत वातावरणमा हुन नसकेको भन्दै आयोगले पुनः मतदान गरिने जनाएको हो ।

आयोगका अनुसार दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठको मतदान केन्द्र ‘क’ र ‘ख’, सोही गाउँपालिका वडा नम्बर ३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, सोही गाउँपालिका वडा नम्बर ६ को वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ र तामाकोशी गाउँपालिका वडा नम्बर ३ को जफे हेल्थ पोस्टको मतदान केन्द्र ‘क’ र ‘ख’ गरी १० मतदान केन्द्रमा पुनः मतदान हुने छ ।

यससँगै गत साताको आइतबारको मतदानको रद्द समेत गरिएको आयोगले जनाएको छ । आयोगले ती मतदान केन्द्रमा १५ गतेभित्र पुनः मतदान गरिने आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : ३३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल