उदयपुरमा एमालेसहितका नाै दलले गरे पुन: मतदानको माग | Khabarhub Khabarhub

उदयपुरमा एमालेसहितका नाै दलले गरे पुन: मतदानको माग


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा धाँधली भएको भन्दै नेकपा एमाले लगायत ९ दलले पुन मतदान गर्न माग गरेको छ । प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि त्यहाँ विवाद सिर्जना भएको थियो ।

प्रदेशको प्रत्यक्ष तर्फको १ सय मतपत्र प्रतिनिधि सभा तर्फको मतपेटिकामा फेला परेपछि धाँधली भएको भन्दै एमाले लगायत ९ दलले पुन मतदानको माग गरेको हो । असन्तुष्टी पक्ष लगायतको बैठक बसी नागरिकहरुको निष्पक्ष मतदान गर्ने अधिकार हनन् भएको भन्दै पुन मतदानको माग राखेको जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ तथा प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) र १ (२) मा खसेको मत भन्दा बढी मत भेटिएको भन्दै निर्वाचन अधिकृतको हस्ताक्षर र मतपत्रमा छाप लगाएको एक मुष्ठ १ सय मतपत्र मतगणना गर्दा फेला परेको हुँदा धाँद्यली भएको आरोप लगाएका छन ।

एमाले नेता तथा प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका ईश्वरमणी राउतले मतदानको क्रममा जुन ठाउँमा धाँद्यली भएको हो त्यस ठाउँमा निष्पक्ष मतदान हुनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र १(१) र १(२) को सबै प्रक्रिया रद्ध गरी पुन मतदानको प्रक्रिया अगाडी बढाउनु पर्ने माग राखेका छन् । यता गठबन्धनले भने फेला परेको मतपत्र रद्ध गरी सोही स्थगित मत गणना जारी राख्नु पर्नेमा जोड दिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि बिवाद हुँदा मत गणना स्थगित भएको थियो । साता दिनदेखि जारी मतगगणना प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि विवाद भएको हो । आइतबार खोलिएका १० वटा प्रतिनिधि सभाको मतपेटिकामा १ सय हाराहारी मत पत्र प्रदेश सभाको भेटिएको थियो । गणना स्थगित पछि पटक पटक सर्बदलीय बैठक मार्फत समाधान खोज्ने प्रयास भएता पनि निश्कर्ष निस्किएको छैनन ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ४६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग