सवारी दुर्घटना परी भक्तपुर एक जनाकाे मृत्यु « Khabarhub

सवारी दुर्घटना परी भक्तपुर एक जनाकाे मृत्यु


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

चाँगुनारायण नगरपालिका-१ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ भ्यान र बा १ प ९५०८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षे सिजन फसिकवाको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका मोटरसाइकलमा पछाडि सवार भक्तपुर नगरपालिका – ७ गोल्माढीका ३२ वर्षे सुनिल ग्वाछाको मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले गाडी चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ५६ बजे

आज मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज दोस्रो चरणको वार्ता हुँदै

काठमाडौँ – मिटरब्याज पीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता

पौडीको शक्ति बन्दै क्यानडा

१६ वर्षीय समर म्याककन्टोसले चार सय मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमान

कांग्रेस त्यागेका वाग्ले रास्वपाबाट उम्मेदवार

काठमाडौँ – अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव

रमेश खरेल स्वतन्त्र पार्टीबाट उपचुनाव लड्दै

काठमाडौँ- सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव