समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो रास्वपा | Khabarhub Khabarhub

समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो रास्वपा


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थानमा छ। आइतबार राति १० बजेसम्म एमालेले २४ लाख ७९ हजार ९०० मत पाएको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ५७ हजार ८१७ मत पाएको छ। तेस्रोमा उक्लिएको स्वतन्त्र पार्टीको १० लाख ४९ हजार २८३ मत रहेको छ।

यस्तै माओवादीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा उक्लेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९०३ मत सहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्र १० लाख ३७ हजार २२७ मतसहित चौथो स्थानमा छ । माओवादी केन्द्रभन्दा स्वतन्त्र पार्टी ११ हजार ४४० मतले अघि लागेको हो।

पाँचौमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८७६ मत पाएको छ। जनता समाजवादी पार्टी ३ लाख ९ हजार ५८९ मतसहित छैटौँ स्थानमा छ।

 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १० : ३३ बजे

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

काठमाडौं– इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर