पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै « Khabarhub

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा यही पुष १३ गतदेखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगिता अन्र्तगत १२ इभेण्टमा प्रतिस्पर्धा हुने भएको सङ्घका अध्यक्ष सुशिलकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार प्रतियोगितामा काठमाडौँ, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट तीन सय बढी खेलाडीहरु सहभागी हुँदैछन् ।

प्रतियोगिताको खुला पुरुष एकल तथा डवल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सोही इभेण्टमा द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई रु २० हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण प्राप्त गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत महिला एकल तथा डवल, मिक्स डवल, ३५ बर्ष माथिको डवल पुरुष उमेर समुह, ४५ बर्ष माथि डवल पुरुष, ५५ बर्ष माथि डवल पुरुष तर्फको बिधामा विजेता टोलीहरुले जनही ३० हजार, उपविजेताले जनही २० हजार र तेश्रो हुनेले जनही १० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष श्रेष्ठले बताए ।

जुनियर खेलाडीको प्रोत्साहन गर्ने उद्देश्यले १२ वर्ष मुनिका खेलाडी सहभागी (यु-१२) र १७ बर्ष मुनिका खेलाडीहरु सहभागी (यु-१७) पुरुष तथा महिला तर्फको विधामा प्रतिष्पर्धा हुने भएको छ।

सो इभेण्टमा विजेता खेलाडीले जनही १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेलाई पाँच हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्का सचिव फडिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : ५७ बजे

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा

फिफा विश्‍वकपको एक खेल प्रत्यक्ष हेर्न खर्चिनु पर्छ काठमाडौंमा एउटा घर आउने रकम

काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी