काठमाडौंमा डेरा खोज्दै सिके राउत « Khabarhub

काठमाडौंमा डेरा खोज्दै सिके राउत


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन्।

४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले प्रत्यक्षतर्फ एक सिट जितेको छ। समानुपातिकतर्फ पाँच सिट जितेको राउतको पार्टीसँग ६ सिट रहेको छ। राउतको पार्टीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ।

सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर–डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन्। ‘काठमाडौं बस्न डेरा–घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन्।

उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने।’ जनमत सरकारमा गए पनि राउत भने आफू मन्त्री बनेका छैनन्।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : ५५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका