काठमाडौंमा डेरा खोज्दै सिके राउत « Khabarhub

काठमाडौंमा डेरा खोज्दै सिके राउत


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन्।

४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले प्रत्यक्षतर्फ एक सिट जितेको छ। समानुपातिकतर्फ पाँच सिट जितेको राउतको पार्टीसँग ६ सिट रहेको छ। राउतको पार्टीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ।

सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर–डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन्। ‘काठमाडौं बस्न डेरा–घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन्।

उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने।’ जनमत सरकारमा गए पनि राउत भने आफू मन्त्री बनेका छैनन्।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : ५५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल