गाउँपालिकाद्वारा ‘कृषि फर्म’ मोबाइल एप सञ्चालनमा  « Khabarhub

गाउँपालिकाद्वारा ‘कृषि फर्म’ मोबाइल एप सञ्चालनमा 


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बलेवा– किसानमा आवश्यक सूचनाको सहज पहुँच उपलब्ध गराउन काठेखोला गाउँपालिकाले ‘कृषि फर्म’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।गाउँपालिकाले तयार गरेको ‘कृषि फर्म’ एप मोबाइलमा डाउनलोड गरेपछि अब काठेखोलाका किसान आफ्नै लागि आवश्यक सूचना र सन्देशबाट वञ्चित हुने छैनन् । मोबाइल एप निर्माण, व्यवस्थापन र सञ्चालनको विधि तथा आर्थिक सहयोग विवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेसनल परियोजनाले गरेको हो । 

उक्त सेवा निःशुल्क हुने हेफरइन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीले बताए। परियोजनाले किसानमा कृषि सूचनाको पहुँच पुर्‍याउने उद्देश्यले मोबाइल एप सहयोग गरेको हो । परियोजनाले गाउँपालिकाको पशु तथा कृषि शाखामा रहने ‘किस्का मेसिन’ हस्तान्तरण गरेको छ । उक्त मेसिनमा कृषि फर्म मोबाइल एप जडान गरिएको छ । किसानले एपमार्फत् कृषि विज्ञ तथा गाउँपालिकाको विषयगत शाखासँग समन्वय गरी सूचना प्राप्त गर्न सक्छन् । 

एपबाट खेतीपाती गर्ने तरिका, रोग तथा किराबारे जानकारी पाउन तथा मौसम अनुसारको खेतीपाती गर्नु सहज बनाउने हेफर इन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीको भनाइ छ । उक्त सेवाबाट किसानहरूले घरमै बसेर मौसम र कृषिसम्बन्धी जानकारी पाउनेछन् भने किसान कृषि उत्पादनको सूचनासँग सहजै जोडिन सक्नेछन् । बाली लगाउने सही समय, मल व्यवस्थापन, सिँचाइ बाली बिरुवाको शत्रु तथा तिनको रोकथाम जस्ता जानकारी एपमार्फत लिन सकिनेछ ।

गाउँपालिकाले सञ्चालन गरेको एपमा काठेखोलाका चार सय ६९ जना कृषक जोडिएका छन् । कृषकहरूको व्यक्तिगत तथा खेतीबालीको विवरण एप्समा समावेश गरिएको विवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले बताए। किसानले आफ्नो मोबाइल एपमार्फत् विज्ञ केन्द्र वा स्थानीय तहको पालिका केन्द्रमा घरबाटै आफ्नो अन्नबालीमा लागेका रोग, किरा तथा पशुमा लागेको रोगबारे जानकारी दिएर आवश्यक विज्ञ सुझाव सल्लाह प्राप्त गर्नेछन् ।

प्राविधिकहरुले कुन क्षेत्रमा कस्ता बाली लगाउने, कति मल छर्ने, कस्तो बालीमा कस्तो खालको रोग किरा लाग्छ र कसरी रोकथाम गर्ने लगायतका सन्देश कृषकको मोबाइलमा एपमार्फत पुग्नेछ । पढ्न र लेख्न नसक्ने किसानका लागि भिडियो र अडियो सेवा व्यवस्थापन गरिएको छ । कृषि सूचना प्रणालीमा कृषकलाई जोड्ने गरी अभियान सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए । ‘कृषकको समय र पैसाको बचत गर्ने विषयमा गाउँपालिका सचेत छ’, उनले भने, ‘घरमै बसेर समस्या समाधान गर्न सक्नेगरी पहल गर्छौं ।’

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १२ : ०८ बजे

पुराना काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय

चितवन– डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच

हावाहुरी र असिनापानीले धानबालीमा क्षति, ७३ घरपरिवार प्रभावित (तस्बिरहरू)

काठमाडौं– नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवन र सिसेनी क्षेत्रमा

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू

काठमाडौं- कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–४ स्थित जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन

इरान–अमेरिका सम्झौता अन्योलमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता हुन