महान्यायाधिवक्ता खम्मबहादुर खातीको राजीनामा स्वीकृत « Khabarhub

महान्यायाधिवक्ता खम्मबहादुर खातीको राजीनामा स्वीकृत


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । खातीले पदबाट प्रधानमन्त्रीमार्फत दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी हुन् । सोमबार प्रधानमन्त्रीमार्फत खातीले दिएको राजीनामा मंगलबार राष्ट्रपति भण्डारीले स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 

‘नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) मा महान्यायाधिवक्ताले प्रधानमन्त्री मार्फत राष्ट्रपति समक्ष लिखित राजिनामा दिएमा महान्यायाधिवक्ताको पद रिक्त हुनेछ भन्ने व्यवस्था भए बमोजिम सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीले  मिति २०७९-९र११ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : ५१ बजे

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ