रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित « Khabarhub

रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित बनेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर, बैंकिङ नीतिको विरोधमा उनीहरुले भैरहवास्थित राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदरविरुद्ध व्यवसायीको छाता संगठनको अगुवाईमा धर्ना दिइएको हो । राष्ट्र बैंकको ज्यादतीका कारण उद्योगी व्यवसायी प्रभावित भई पलायन हुने अवस्था आएको भन्दै आन्दोलन थालिएको हो । रुपन्देहीका दर्जनभन्दा बढी संस्थाको पहलमा शान्तिपूर्ण विरोध र्‍यालीसहित नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरमा धर्ना दिएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भिष्म न्यौपानेले बताए ।

संघको परिसरबाट सुरु भएको विरोध र्‍याली विद्रोही चोक, मिलनचोक, बैंक रोड हुदै राष्ट्र बैंक कार्यालय अगाडि गई धर्नामा परिणत भएको थियो । विभिन्न मागसहित नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीको ¥याली राष्ट्र बैंक कार्यालय भैरहवाको मूल गेटमा धर्ना दिइ सभामा परिणत भएको थियो ।

राष्ट्र बैंकले अव्यवहारिक खालको ‘चालु कर्जा मार्ग निर्देशन–२०७९’ कात्तिक १ गतेदेखी लागू हुने गरी जारी गरेको छ, यसबाट व्यवसायी आतंकित हुने परिस्थिती आएको आन्दोलनकारीको भनाइ छ । व्यापार, व्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, व्यवसायी मर्कामा परेको भन्दै व्यवसायीले चरणबद्ध आन्दोलन थालेका हुन् ।

कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी चर्को बैंक ब्याजदरले थप समस्यामा परेको चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । ‘हामी रहरले होइन बाध्यताले आन्दोलनमा उत्रेका हौँ, हाम्रो मागहरु पूरा नभएसम्म आन्दोलनको कार्यक्रम निरन्तर रहने छन्’ उनले भने ।

आन्दोलनको कार्यक्रम गरे पनि राज्यले नसुनेको व्यवसायीको भनाइ छ । माग पूरा नभएसम्म चरणबद्ध रुपमा उद्योग बन्द गरी आन्दोलन जारी राख्ने उनीहरुले बताए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : १८ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा