रतन टाटाले किन किने ऋणमा डुबेको इन्डियन एयरलाइन्स ? « Khabarhub

रतन टाटाले किन किने ऋणमा डुबेको इन्डियन एयरलाइन्स ?


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको ध्वजावाहक विमान कम्पनी एयर इन्डिया टाटा गु्रपले खरिद गरेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग प्रतिस्पर्धाका लागि व्यापक योजना बनाउन थालिएको छ । टाटाले एयर इन्डियाको पुरानो साख फर्काउने बताएको छ । तर, यो काम त्यति सजिलो भने छैन ।

एयर इन्डियाका जहाज पुराना भएका छन् भने कर्मचारीको कार्यशैली सरकारी तवरको रहेको छ । एयर इन्डिया अहिले पनि भारतको सबैभन्दा ठूलो विमान कम्पनी हो, तर अन्य मुलुकका एयरलाइन्सको बजार हिस्सा अधिक छ ।

कोरोना महामारीअघि विदेशी कम्पनीले बढी यात्रु बोक्ने गरेका थिए । यही कारण पनि एयर इन्डियालाई पुरानो चमक फिर्ता ल्याउन सहज नहुने एभियसन दिग्गजहरू बताउँछन् । तर, पनि टाटा गु्रप एक सफल कम्पनी भएकाले एयर इन्डियाको पुरानो साख फर्काउन सक्ने कतिपयको भनाइ छ ।

पछिल्लो समय भारतबाट अमेरिकालगायतका देशमा सीधा उडानको माग निकै बढेको छ । एयर इन्डियाले त्यस्तो उडान गरेर मात्र पुग्दैन, यात्रुको मागअनुसार सेवा प्रदान गर्न सक्नुपर्छ । विशेष गरी युवा यात्रुको माग पूरा गर्न सकेमा मात्र कम्पनी सफल हुने विश्लेषकहरूको भनाइ छ । पछिल्लो समय हवाई यात्रुमा युवा संख्या अत्यधिक छ, त्यसकारण पनि कम्तीमा भारतीय युवाको मन जित्ने कार्य एयर इन्डियाले गर्न सकेमा टाटा सफल हुने देखिन्छ ।

एक अध्ययनले अहिले अन्तर्राष्ट्रिय विमानमा ५३ प्रतिशत युवा यात्रु हुने गर्छन् र यो संख्या आगामी पाँच वर्षमा ६० प्रतिशत नाघ्नेछ । तर, एयर इन्डियामा अहिले उपलब्ध सेवा युवा जरुरतलाई पूरा गर्न सक्नेखालको छैन । एयर इन्डियाले युवा यात्रुलाई आकर्षित गर्न मोडर्न, टेक्नोलोजी ड्रिभन, इनोभेटिभ र पर्यावरणप्रति सचेत एयरलाइन्स बन्न सक्नुपर्छ । पुरानो कार्यशैलीबाट एयर इन्डिया पूर्ण रुपमा बाहिर निस्कन सक्नुपर्छ ।

एयरलाइन्सलाई पुरानो शैलीबाट पूर्णतः मुक्त गराउन सक्षम कार्यकारी प्रमुख आवश्यक पर्ने टाटाले बताएको छ । अहिले टाटासँग त्यस्तो अनुहार उपलब्ध छैन । त्यसकारण पनि कम्पनीले बाहिरबाट कार्यकारी प्रमुख ल्याउनुपर्ने कतिपयको भनाइ छ ।

१९८० र १९९० को दशकमा ब्रिटिस एयरवेजको कायापलट भएको थियो । त्यसको श्रेय कोलिन मार्सललाई जान्छ । उनी पनि बेलायत बाहिरका व्यक्ति थिए । उनले कम्पनीका कर्मचारीसँग स्तरीय तालमेल मिलाएर ब्रिटिस एयरवेजको कायालपट गरिदिएका थिए ।

१८ हजार करोड भारुमा रतन टाटाले एयर इन्डिया किनेका हुन् । एयर इन्डिया आजभन्दा ६८ वर्षअघि पनि टाटा ग्रुपकै अधिनमा थियो । त्यसबखत एयर इन्डिया टाटा एयरलाइन्स नामबाट सञ्चालित थियो ।

उक्त एयरलाइन्सले पहिलो पटक १५ अक्टोबर १९३२ मा उडान भरेको थियो । अहिले एयर इन्डियामा १२०८५ जना कर्मचारी छन् । २३ हजार करोड रुपैयाँ यसको ऋण छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १ : ३५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर