काठमाडौं महानगरपालिकामा परीक्षणमध्ये ६० प्रतिशतमा संक्रमण « Khabarhub

काठमाडौं महानगरपालिकामा परीक्षणमध्ये ६० प्रतिशतमा संक्रमण


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौँ महानगरपालिकामा परीक्षण गर्ने गरेकामध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस संक्रमण देखिएको छ । अहिले महामारी तीव्र रुपमा फैलिएकाले परीक्षण गर्न आउने बढेका र आएका मध्ये ५५ देखि ६० प्रतिशतमा संक्रमण देखिन थालेको कामपाले जनाएको छ ।

कारोना बढेकाले नै कामपाले अहिले ३२ वटै वडाबाट परीक्षण गरिरहेको छ । अहिले परीक्षण दर पनि बढेको छ । दैनिक झण्डै एक हजार जना कामपामा मात्रै परीक्षण गर्न आउछन । सङ्क्रमण बढेपनि विगतको समयमा जस्तो जटिल किसिमको बिरामीहरु नआएको र आएपनि तयारी अवस्थामा रहेको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरू यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा राखिएको छ ।

डङ्गोलले भने, ‘हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौ । हामीले नेपाली सेना र अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक प¥यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरू सञ्चालन गर्नेछौँ ।’ महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : १४ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक