कार्यान्वयनको दिशामा एमसीसी सम्झौता : अमेरिका | Khabarhub Khabarhub

कार्यान्वयनको दिशामा एमसीसी सम्झौता : अमेरिका


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट १२ बुँदे व्याख्यात्मक घोषणासँगै आइतबार अनुमोदन भएसँगै अब कार्यान्वयनको दिशामा अघि बढेको अमेरिकाले प्रतिक्रिया दिएको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्दै अब ५ वर्षीय कार्यक्रम (एमसीसी सम्झौता) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको जनाएको हो ।

‘एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैं नेपाल सरकारको हातमा थियो,’ विज्ञप्तिमा भनिएको छ,‘ हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को आजको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानी खर्च घट्नेछ ।’

झन्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कतिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्प्याक्ट सम्झौता गर्दछ,’ विज्ञप्तिमा छ ।

अमेरिकाले यो वर्ष नेपाल र अमेरिका बीचको कूटनीतिक सम्बन्धको ७५औं वर्ष रहेको उल्लेख गर्दै यी ७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएका जनाएको छ । ‘यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौं र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौं,’ विज्ञप्तिमा भनिएको ।

 

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ०१ बजे

राजीनामा दिँदै सन्तोषले भने- रास्वपामा विचार स्थापित गर्न नसकेकोमा पछुतो छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य सन्तोष परियारले पार्टी

काठमाडौंसहित विभिन्न स्थानमा तीन जना मृत भेटिए

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिका-६ चुईगाउँ डेरा गरी बस्ने दोलखा चरिकोट नगरपालिका-घर भएका

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

कपिलवस्तु– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका-७ बिशमपुरास्थित सरस्वती

मादी पुल निर्माण धमाधम : ७२ प्रतिशत भौतिक प्रगति

तनहुँ– मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल

रास्वपा छाडेका सन्तोष जनार्दनको अभियानमा जोडिने

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका पूर्वप्रमुख सचेतक सन्तोष