विश्व इतिहासमा आज : फेब्रुअरी २८ मा भएका मुख्य मुख्य विश्व घटना | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : फेब्रुअरी २८ मा भएका मुख्य मुख्य विश्व घटना


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२०७५ सालको फागुन १६ गते आजको दिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन भएको थियो। ताप्लेजुङको पाथीभरा दर्शनबाट फर्किने क्रममा तारेभीरमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । उनीसँगै पर्यटन व्यवसायी तथा यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा लगायत ७ जनाको पनि दुर्घटनामा निधन भएको थियो ।

सन् २००५ मा इराकको प्रहरी चौकी नजिक आत्मघाती आतंकवादी हुँदा १ सय २७ जनाको ज्यान गएको थियो । त्यस्तै एक वर्ष अगाडि आजको दिन यमनको राजधानी सानाको नजिक एक बजारमा भएको हवाई आक्रमणमा ३० जनाले ज्यान गुमाएको थियो ।

सन् १९८६ मा स्वीजरल्याण्डका प्रधानमन्त्री ओलोफ प्लामेको हत्या भएको थियो । आलोफ आफ्नी श्रीमतीसँग यात्रा गरिरहेको बेलामा स्टकहोल्ममा एम्बुसमा परेका थिए । उनी स्वीडेनको संस्थापक प्रधानमन्त्री छन् ।

सन् १९३३ मा जर्मनीका शासक अडोल्फ हिटलरले कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएका थिए ।

सन् १९८७ मा अमेरिका र बेलायतले आणविक हतियार सन्धिमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुरूप आफूसँग भएको आणविक हतियारलाई सुरक्षित तरिकाले नष्ट गर्ने सम्झौता भएको थियो । यो सन्धि इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेस सन्धि सन् १९८७ मा आधारित छ ।

सन् १९४८ मा बेलायती सेनाको अन्तिम टोलीले भारत छोडेका थिए । दोस्रो विश्वयुद्ध पछि बेलायतले विश्वमा फैलाएको शासन क्रमशः अन्त्य हुँदै थिए । भारतमा महात्मा गान्धीको प्रयासले भारतले स्वतन्त्रता पाए पनि भारतलाई दुई देशमा विभाजन गरेको थियो ।

सन् १९९१ मा खाडी युद्धको समाप्त भएको थियो । इराकले संयुक्त राष्ट्रसङ्घले बनाएका सबै १२ प्रस्तावहरू स्वीकार गरेपछि खाडी युद्ध समाप्त भएको थियो । खाडी युद्धमा करिब ५० हजार बढी सेनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : ३८ बजे

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१

नदीका दुई किनाराजस्तै रेशम र रञ्जिताको सम्बन्ध

काठमाडौं– स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति