कांग्रेस जिल्ला अधिवेशन : कैलालीमा आज मतगणना « Khabarhub

कांग्रेस जिल्ला अधिवेशन : कैलालीमा आज मतगणना


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेपाली कांग्रेस कैलालीको मतगणना आज हुँदैछ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार आज बिहान ११ बजेदेखि कांग्रेसको जिल्ला पार्टी कार्यालयमा मत गणना सुरु हुने छ । नयाँ नेतृत्वका लागि आइतबार मतदान भएको थियो ।

निर्वाचनमा २ हजार ४८५ मत खसेको थियो । कांग्रेस कैलालीको निर्वाचनका लागि २ हजार ५७५ प्रतिनीधि चयन भएका थिए ।

सभापतिका लागि देउवा समूहकै नारायण दत्त भट्ट र प्रकाशबहादुर बम प्रतिस्पर्धामा छन् । कोइराला समूहका रामबहादुर कलेल पनि चुनावी मैदानमा छन् ।

भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीको उम्मेदवार छन् ।

बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार, थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी छ ।

कोइराला पक्षका कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीको उम्मेदवारी छ ।

गत मंसिरमा निर्वाचन क्षेत्र नम्बर ४ को महाधिवेशन प्रतिनिधिको मत गणना विवादका कारण ढिलो भएपछि कैलाली जिल्ला अधिवेशन हुन सकेको थिएन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ९ : ४५ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल