कांग्रेस जिल्ला अधिवेशन : कैलालीमा आज मतगणना « Khabarhub

कांग्रेस जिल्ला अधिवेशन : कैलालीमा आज मतगणना


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेपाली कांग्रेस कैलालीको मतगणना आज हुँदैछ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार आज बिहान ११ बजेदेखि कांग्रेसको जिल्ला पार्टी कार्यालयमा मत गणना सुरु हुने छ । नयाँ नेतृत्वका लागि आइतबार मतदान भएको थियो ।

निर्वाचनमा २ हजार ४८५ मत खसेको थियो । कांग्रेस कैलालीको निर्वाचनका लागि २ हजार ५७५ प्रतिनीधि चयन भएका थिए ।

सभापतिका लागि देउवा समूहकै नारायण दत्त भट्ट र प्रकाशबहादुर बम प्रतिस्पर्धामा छन् । कोइराला समूहका रामबहादुर कलेल पनि चुनावी मैदानमा छन् ।

भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीको उम्मेदवार छन् ।

बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार, थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी छ ।

कोइराला पक्षका कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीको उम्मेदवारी छ ।

गत मंसिरमा निर्वाचन क्षेत्र नम्बर ४ को महाधिवेशन प्रतिनिधिको मत गणना विवादका कारण ढिलो भएपछि कैलाली जिल्ला अधिवेशन हुन सकेको थिएन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ९ : ४५ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको