रुसी जहाज युरोपेली आकाशमा उड्न नपाउने « Khabarhub

रुसी जहाज युरोपेली आकाशमा उड्न नपाउने


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रुसका उडानहरूमाथि प्रतिबन्ध लगाएको छ ।

यूरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लाइनका अनुसार रुसका सबै प्रकारका उडानहरुलाई युरोपियन युनियनका सदस्य राष्ट्रका आकाशमा उड्न बन्देज लगाइएको हो । ‘हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियनको आकाशमा बन्द गराएका छौँ ।’ भोन डेर लाइनको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ ।

युक्रेनी नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ । युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएका हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : १२ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको