रुसी आक्रमणको विरोधमा शान्ति समाजको प्रदर्शन (फोटोसहित) « Khabarhub

रुसी आक्रमणको विरोधमा शान्ति समाजको प्रदर्शन (फोटोसहित)


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मानव अधिकार तथा शान्ति समाजले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेको छ।

शान्ति समाजको काठमाडौँ शाखाले सोमबार (बिहान) बिहान बौद्धनाथ अगाडि गरेको प्रदर्शनमा उनीहरूले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालो पट्टी बाँधेका थिए ।

रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित हातमा मैनवत्ती बोकेर उनीहरूले आधा घण्टासम्म प्रदर्शनमा गरेका हुन्।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत ६० जनाको सहभागिता थियो ।

यसअघि रुसलाई युद्ध रोक्न माग गर्दै शान्ति समाज मोरङ शाखाद्वारा फागुन १३ गते विराटनगरमा र दाङ शाखाद्वारा फागुन १५ गते तुलसीपुरमा प्रदर्शन गरिएको थियो । गत दुई सातामा ‘युद्ध निषेध, शान्ति विशेष’ अभियान अन्तर्गत शान्ति समाजले नेपालमा १० वटा प्रदर्शन गरिसकेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ३९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति