युक्रेन आक्रमणमा बेलारुसले पनि रुसी सेनालाई सघाउन सेना पठाउने « Khabarhub

युक्रेन आक्रमणमा बेलारुसले पनि रुसी सेनालाई सघाउन सेना पठाउने


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनमाथि आक्रमण जारी राखेको रुसी सेनालाई सघाउन बेलारुसले पनि युक्रेनमा आफ्नो सेना पठाउने तयारी गरेको छ।

द किएभ इन्डिपेन्डेन्टले विभिन्न स्रोतलाई उद्धृत गर्दै प्रकाशन गरेको समाचारअनुसार यसअघि देखी नै रुसी सेनालाई सहयोग गरिरहेको बेलारुसले युक्रेनमा आफ्नो सैनिक नै रुसी सेनाको सहयोगमा परिचालन गर्ने तयारी थालेको हो।

बेलारुस शितयुद्धको अन्त्यपछि रुसको साझेदार देश हो र रुसी सेनाले बेलारुसबाटै युक्रेनमाथी उत्तरी सीमाबाट आक्रमण जारी राख्दै आएका छन्।

आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलारुसी राष्ट्रपति एलेक्सेन्डर लुकाशेन्कोसंग टेलिफोन वार्ता गर्दा बेलारुसले युक्रेन आक्रमणमा आफ्ना सैनिक परिचालन नगर्ने प्रतिबद्धता जनाएको समाचारहरू आएका थिए।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ५४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ