जासुसी भू उपग्रहका लागि क्यामेरा परीक्षण गरेको उत्तर कोरियाको दाबी « Khabarhub

जासुसी भू उपग्रहका लागि क्यामेरा परीक्षण गरेको उत्तर कोरियाको दाबी


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाले जासुसी भू उपग्रहका लागि क्यामेरा परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाए अनुसार आइतबार उक्त क्यामेराको परीक्षण गरिएको हो ।

आइतबार अमेरिकी, जापानी तथा दक्षिण कोरियाली सैनिक अधिकारीहरुले उत्तर कोरियाले ब्यालेष्टिक क्षेप्यास्त्रजस्तो हतियार परीक्षण गरेको जनाएका थिए । सन् २०२२ पहिलो दुई महिनामा मात्रै उत्तर कोरियाको यो आठौँ क्षेप्यास्त्र परीक्षण हो ।

केसीएनएले नयाँ परीक्षणबाट अन्तरिक्षमा आफ्नो जासुसी भू उपग्रह स्थापना गर्ने दिशामा महत्वपूर्ण सफलता हासिल भएको दाबी गरेको छ । नयाँ प्रविधिबाट पृथ्वीको कुनै विशेष स्थानको लम्ब र तेर्सो फोटो खिच्न सकिने उत्तर कोरियाली दाबी छ ।

उत्तर कोरियाले यस किसिमको क्यामेराबाट कोरियाली प्रायद्विपको तस्वीर खिचेको दाबी समेत गरेको छ । केसीएनएले सार्वजनिक गरेको तस्वीरमा पृथ्वीजस्तो आकृतिमा कोरियाली प्रायद्विपलाई ठूलो पारेर देखाइएको छ ।

दक्षिण कोरियाली अधिकारीहरुले भने उत्तर कोरियाले हाइ रिजोलुसनमा तस्बीर सार्वजनिक नगरेका कारण नयाँ प्रविधिको गुणस्तर स्वतन्त्र रुपमा यकिन हुन बाँकी रहेको जनाएका छन् ।

 

तस्वीर केसीएनए

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  २ : ०० बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,