एमसीसीको विरोध र व्यवस्था परिवर्तनका लागि आन्दोलन हुने | Khabarhub Khabarhub

एमसीसीको विरोध र व्यवस्था परिवर्तनका लागि आन्दोलन हुने


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि नेपाली नामक अभियानले एमसीसी अनुमोदनको विरोध र देशको शासन व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्ने घोषणा गरेको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अभियानले मुलुकको शासन व्यवस्था परिवर्तनका लागि मंगलबार काठमाडौँको गौशला बत्तिसपुतलीमा एमसीसी खारेज र व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्ने जनाएको हो ।

अभियानले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी दिएको छ ।

आन्दोलन देशको हितका लागि हुने भन्दै सम्पूर्ण देशभक्त, राष्ट्रवादीलाई उपस्थित हुन आग्रह गरिएको छ ।

कार्यक्रममा अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जनताले विश्वास गरेर मत दिएकाहरूबाट नै आज देशले धोका पाएको टिप्पणी गरे ।

भण्डारीले संविधानअनुसार संसदमा उपस्थित बहुमतबाट एमसीसी पारित हुनुपर्नेमा सभामुखले कति पक्षमा र कति विपक्षमा छन् भनेर प्रष्ट पार्न नसकेको भन्दै अनुमोदन भएको एमसीसीको कुनै वैधानिकता नहुने पनि बताए ।

एमसीसी अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणा वा टिप्पणीको पनि कुनै अन्तर्राष्ट्रिय कानुनमा अर्थ नहुने डा.भण्डारीले दाबी गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ५ : १६ बजे

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक