सरकारलाई निर्वाचन आयोगको २४ बुँदे निर्देशन « Khabarhub

सरकारलाई निर्वाचन आयोगको २४ बुँदे निर्देशन


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय निर्वाचनको आवश्यक तयारीका लागि सरकारलाई २४ बुँदे निर्देशन दिएको छ ।

सोमबार आयोगले पत्रकार सम्मेलन गरी चुनावका लागि आवश्यक कर्मचारीको व्यवस्थाका साथै सुरक्षालगायतका २४ बुँदे निर्देशन दिएको जानकारी दिएको हो ।

चैत १५ गतेअघि नै संघ, प्रदेश र स्थानीय तहमा कामका लागि खटिएका कर्मचारीलाई आफू पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यस्तै चैत १५ अगावै कर्मचारीको सरुवा, पदस्थापन भएका कर्मचारीलाई निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काजमा खटाउन वा सरुवा नगर्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ ।

स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृतको सरुवा र पदस्थापन पनि चैत १५ अघि नै गर्न निर्देशन दिएको पौडेलले जानकारी दिए ।

त्यस्तै आयोगले मत्रपत्र छाप्न आवश्यक ७ सय मेट्रिक टन कागज खरिदका लागि सम्झौता गरेकोसमेत प्रवक्ता पौडेलले जानकारी दिए ।

स्थानीय निर्वाचन प्रयोजनका लागि हालसम्म ८० वटा दलले दर्ता गराएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ६ : ४६ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको