दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक « Khabarhub

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । अघिल्लो दिन ७.७३ अङ्कले घटेको नेप्से परिसूचक आज ४३.१० अङ्कले ओरालो लागेर दुई हजार ६१०.६० मा आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ६.६४ अङ्कले ओरालो लागेर ५००.२१ मा ओर्लेको छ । आज कूल २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर रु तीन अर्ब ६६ करोड एक लाख ८९ हजार ८६८ मा कारोबार भएको छ ।

आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । नेप्सेकाअनुसार बैंकिङ १५.३३, व्यापार ८२.४१, होटल तथा पर्यटन २४.९३, विकास बैंक ७३.९१, जलविद्युत् १०२.३४, वित्त ४६.१९, निर्जीवन बिमा २८६.६९, उत्पादन १२९.३४, अन्य ३५.६ लघुवित्त ६२.३५, जीवन बिमा २९५.५, सामूहिक लगानी कोष ०.०२ र लगानी १.९१ अङ्कले ओरालो लागेको छ ।

त्यस्तै कारोबारका आधारमा अपी पावर कम्पनी शीर्ष स्थानमा छ । अपीको रु १६ करोड नौ लाख ९९ हजार ८४५ मूल्य बराबरको कारोबार भयो । यस्तै अरुण भ्याली हाइड्रोपावर कम्पनी रु १४ करोड ९४ लाख ५२ हजार ४६७, हिमालयन डिष्ट्रिलरी रु १३ करोड ३६ लाख ७९ हजार ८३९, अप्पर तामाकोसी हाइड्रोपावर रु १३ करोड १७ लाख ८९ हजार र नेशनल हाइड्रोपावर रु १२ करोड २४ लाख १९ हजार २८४ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

आजको बजारमा दुई हाइड्रोपावर (तेह्रथुम पावर कम्पनी र समालिङ्ग पावर कम्पनी)को शेयर मूल्य १०÷१० प्रतिशलते घटेका छन् । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ८.५५,मैलुङखोला जलविद्युत् कम्पनी ६.७८ र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६.६७ प्रतिशतले घटेको छ । तारागाउँ होटलको शेयर मूल्य १.११ प्रशितले बढेको आजको बजारमा सानिमा जनरल इन्सुरेन्सको मूल्य ०.८७ प्रतिशतले बढेको छ ।

त्यस्तै एनआइसी एसिया डिवेन्चर ०८२÷८३ दुई प्रतिशतले बढेको बजारमा सनराइज ब्लूचिप फण्ड १.६५ र लक्ष्मी इक्विटी फण्डको मूल्य १.२४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ६ : ४४ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६