बलात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा « Khabarhub

बलात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- बलात्कार आरोपित नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ प्रहरीको फरार सूचिमा रहेका छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगुका बानियाँ नेकपा एमाले समानुपातिक सांसद प्रहरीको फरार सूचिमा रहेका हुन् ।

माघ १९ गते नेपालगञ्जको एक होटेलमा बलात्कार गरेको भन्दै सांसद बानियाँविरुद्ध जुम्लाकी एक पीडित महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।

बाँके प्रहरीले फागुन २७ जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ताको भएको सात दिन अर्थात् फागुन ४ गते जिल्ला अदालत बाँकेले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारीसमेत गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको झण्डै दुई साता बितिसक्दा पनि सांसद बानियाँ अझै पक्राउ परेका छैनन् । बाँके प्रहरीले पक्राउका लागि प्रहरी परिचालन गरेको र छिटै पक्राउ गर्छौं भन्दै आलटाल गरिरहेको पीडित महिलाको गुनासो छ ।

पीडित महिलाका अनुसार पक्राउ पुर्जी जारी भए पनि प्रहरीको फरार सूचिमा रहेका बलात्कार आरोपित सांसद बानिया खुलेआम घुमिरहेको र प्रहरी मूकदर्शक बनेको छ । बलात्कार जस्तो जघन्य अपराध गरेका सांसद बानियाँलाई चाँडो भन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने भए पनि प्रहरीले आलटाल गरेको पीडित पक्षको भनाइ छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम अधिकारीले फरार सूचिमा रहेका बलात्कार आरोपित सांसद बानियाँलाई १/२ दिन भित्रै पक्राउ गरिने बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : १८ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको