आज २०७८ साल चैत १४ गते सोमबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत १४ गते सोमबारको राशिफल


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ चैत १४ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

२०७८ चैत १४ गते सोमबार

मेष : खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

वृष : बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। उक्साहटमा लागेमा फाइदा हुँदैन। विवेक प्रयोग गर्नुहोला। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ।

मिथुन : दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। साथी र संगठनबाट फाइदा हुनेछ।

कर्कट : आजको दिन राम्रो छ। उन्नति प्रगति हुने देखिन्छ। सोचेका मान्छेले सहयोग नगरे पनि अपरिचितबाट राम्रो साथ मिल्नेछ।

सिंह : आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।
कन्या : दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

तुला : दिन सामान्य राम्रो छ। रोगले सताउने देखिन्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। विद्याको क्षेत्रबाट भने तपाईंलाई फाइदा हुनेछ। माया प्रेम बढ्नेछ।

वृश्चिक : अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।
धनु : दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा अचानक समस्या देखिन सक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।
मकर : दिन सामान्य राम्रो छ। आफ्नै राशिमा तीनवटा ग्रह भएकाले तपाईं शक्तिशाली बन्नु हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।
कुम्भ : दिन सामान्य छ। खर्च बढी हुने देखिन्छ। रोग बढ्नसक्छ। फाइदा भए कल्पना बाहिरको हुन्छ भने घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

मिन : आजको दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ५ : ३३ बजे

वर्षौंदेखि अलपत्र परेका सडकका ठेक्का तोडिँदै

दोधारा चाँदनी- लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका विभिन्न

सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी

सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै

महेन्द्रनगर– सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा सीमानाकामा जनशक्ति थप गर्ने गृहकार्य

ड्रोनबाट यस्तो देखियो, गृहमन्त्री गुरुङले लिजमा लिएको भनिएको जग्गा

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा