उदयपुरगढीमा आगलागीबाट ७ घर जले, एक जनाको मृत्यु « Khabarhub

उदयपुरगढीमा आगलागीबाट ७ घर जले, एक जनाको मृत्यु


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको उदयपुरगढी गाउँपालिका- १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको ज्यान गएको छ।

आगलागीबाट ७ घर जलेर नष्ट भएका छन्। दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको ज्यान गएको हो।

आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ।

आगलागीबाट सात घर जलेर खरानीसँगै दर्जन बढी खसी, बोका, सुंगुर, कुखुरा जलेर नष्ट भएको स्थानीयबासी डण्डीकेशर मगरले जानकारी दिए।

आगलागीबाट अन्नपात, लत्ताकपडा सबै जलेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : ३२ बजे

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४