उदयपुरगढीमा आगलागीबाट ७ घर जले, एक जनाको मृत्यु | Khabarhub Khabarhub

उदयपुरगढीमा आगलागीबाट ७ घर जले, एक जनाको मृत्यु


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको उदयपुरगढी गाउँपालिका- १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको ज्यान गएको छ।

आगलागीबाट ७ घर जलेर नष्ट भएका छन्। दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको ज्यान गएको हो।

आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ।

आगलागीबाट सात घर जलेर खरानीसँगै दर्जन बढी खसी, बोका, सुंगुर, कुखुरा जलेर नष्ट भएको स्थानीयबासी डण्डीकेशर मगरले जानकारी दिए।

आगलागीबाट अन्नपात, लत्ताकपडा सबै जलेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : ३२ बजे

समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई

राष्ट्रपति पौडेलले गरे नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर– बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र

शेयर बजार ४३ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौं–  बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ । आज

प्रधानमन्त्री ओली र जापानी राजदूत युताकाबीच भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता

हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

एजेन्सी– इजरायलले मङ्गलबार हिजबुल्लाहका एक वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको