पशुलाई सक्नुहुन्छ माया गर्नुस्, नसके हानी नगर्नुस् | Khabarhub Khabarhub

पशुलाई सक्नुहुन्छ माया गर्नुस्, नसके हानी नगर्नुस्

‘पशुप्रति क्रुर व्यवहार गर्ने मानव दानवजस्तो लाग्छन्’


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मानिस जति मानिसँग रमाउनसक्छ, त्यत्तिकै अरु प्राणीसँग पनि खुशी हुनसक्छ । किनकी कम्तीमा प्राणीमा माया हुन्छ । मायाले नै हरेक प्राणी एक अर्कासँग जीवन तुल्य हुन्छन् । विगत सात वर्षदेखि समाजसेवी सिर्जना ठकुरी मानिसबाहेकका प्राणीको जीवन रक्षामा लागेकी छन् । सडकमा घाइते तथा नाजुक स्थितीमा रहेका पशुहरुको उद्धार गर्दै आएकी एनिमल रेस्क्यू सेन्टरकी संस्थापक सिर्जना ठकुरीसँग विद्या लामाले गरेको कुराकानीको सम्पादित अंशः

सुरुमा पशुको उद्धार गर्न ‘एनिमल रेस्क्यू सेन्टर’ स्थापना गर्छु भनेर कसरी सोच बनाउनुभयो ?

म बाल्यअवस्थादेखि नै जनावरप्रति लगाव राख्थेँ । तर सुरुवातमा नै म जनावरको उद्धारमा सक्रिय रूपमा लाग्छु भन्ने सोच नै थिएन । म अमेरिका बसोबास गरिरहेकै अवस्थामा बुबाको स्वास्थ्य अवस्था बिग्रेपछि नेपाल आएँ । मेरो छोरा पनि अलिकति मानसिक रूपमा अस्वस्थ भएको हुनाले नेपालमा नै बसेँ । त्यही क्रममा बाटोमा कुकुरहरू घाइते अवस्थामा देख्दा नि घरमा ल्याउथेँ एक/दुईटा गरेर राख्न थालेँ । त्यसो गर्दा घरमा १७ वटासम्म कुकुर ल्याएर राखेँ । त्यसले गर्दा उनीहरूसगँको सामिप्यता बढेर गयो । मलाई मान्छेभन्दा पनि जनावरप्रति लगाव बढी भएर गयो । मान्छेलाई गर्दा स्वार्थीपन देखेँ । पशुको निस्वास्र्थ भावले झन मलाई उनीहरू प्रतिको माया मोह बढायो । उनीहरू प्रति गरेको कामले मलाई एकदम सन्तृष्ट दियो । उनीहरूलाई स्याहार सुसार गर्न मैले आफनो सम्पत्ति पनि लगभग सिध्याएँ । तर देख्नेलाई लाग्ला नाम कमाउन यसो गरी । यदि मलाई आत्मादेखि खुशी मिलीरहेको छ । किन उनीहरूको अभिभावकत्व ग्रहण नगरौँ भन्ने भयो । एक्लै महिलाले यसरी स्याहार गर्नु धेरै गाहो काम छ । जबकी नेपाल जस्तो देशमा पशुप्रतिको क्रुरता के हो ? पशुको कल्याण भनेको के हो भनेर बुझाउन नसकिने समाजमा पशुलाई आत्मासम्मान दिन त धेरै चुनौतीको कुरा हो । झन् गाहो काम छ । त्यहीमाथि उनीहरूको लागि उचित बासस्थान बनाउन नसेकेको अवस्थामा अस्थायी रूपमा भाडामा लिएर बस्नुपर्दा कति खेर घर धनीको सोच परिवर्तन हुन्ँछ थाहा पाउन नै एकदम गाहो छ । अहिलेसम्म ४ ठाउँमा आवास सारिसके गोकर्णेश्वरमा यहाँ पनि जग्गा भाडामा लिएर आवास निमार्ण गरेको छु । यहाँ पनि के हुने हो अत्तो पतो छैन । सरकारले गर्ने काम हामीले गर्दा पनि समाज प्रतिको दृष्टिकोण परिवर्तन हुन सकेको छैन ।

सुरुमा स्थापना गर्दा समाजले हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?

समाजलाई त बुझाएर बुझाउन सकिने अवस्था नै छैन । पशुप्रतिको लगाव मान्छेमा १ प्रतिशत्तले पनि पाउन गाहो छ । तर अहिलेको नयाँ पुस्ता नयाँ सोच बोकेर मेरो काम देखेर प्रेरणाको रूपमा अघि बढिरहेको देख्दा खुसी लाग्छ । पहिला मैले संस्था सञ्चालन गर्नलाग्दा उनीहरूको लागि सेल्टर खोज्न नै धेरै गाहो तथा चुनौती भएको थियो । मान्छेलाई पशुलाई पनि बाच्ने अधिकार छ भनेर बुझाउन धेरै गाहो छ । गाहो भयो भनेर उनीहरूको अभिभाव बन्नबाट रोक्न त सक्दिनँ । मेरो आवासमा २ सय घाइते कुकुरहरू छन् । गाइको बाच्छा पनि छन् । अझ धेरै पशुहरू राख्दा आवास स्थानान्तरण गरिहनु पर्ने अवस्था छ । त्यही कारण चाहेर पनि अरु पशुलाई राख्न सक्ने अवस्था छैन ।

स्थानान्तरण गरिरहनु पर्ने चाहिँ किन ?

पशुप्रति मोह भाव राख्नु पर्छ भन्ने धर्ममा मात्र सीमित देख्छु । नेपालमा हरेक पशुलाई नाम दिएर पुजा गर्छौँ तर क्षणिक रूपमा मात्र हुन्छ । अरुबेला उहीँ कुरा दोहोरिन्छ । केही दिन अघिको कुरा हो । मेरोमा सानो बाच्छा ल्याएर छोडिदियो । नराखौ बाहिर चितुवाले तथा स्यालले खाइदिने । जसो तसो राखेँ । सारै विरक्क्त लागेर आयो । कतिलाई लाग्दो होला किन गरिरहेको छ ? म एकदम भावनात्मक रूपमा उनीहरूसगँ नजिक छु । उनीहरू पनि मलाई माया गर्छन् । मान्छेले बुझेन भनेर र आफनो कर्म गर्न छोड्नुहुन्न जस्तो लाग्छ । यहाँ पनि पाँच वर्षको करारका जग्गा भाडामा लिएर बसेको छु । के हुन्छ हेरौ ।

आर्थिक स्रोत कसरी जुटाइरहनुभएको छ ?

अहिले मेरो सेल्टरमा २ सय जना पशु छन् । उनीहरूको स्याहारका लागि ११ जना कर्मचारी राखेको छुु । कोही त्यहीँ बस्ने पनि हुुनुहुन्छ । महिनामा सोचेभन्दा बढी खर्च लाग्छ । श्रीमान् बाहिर हुनुभएको भएर केही सहज छ । तर पर्याप्त भने छैन । समाज सेवा गर्न पनि आर्थिक स्रोतविना नहुँदो रैछ । कहिले काहीँ खर्च जुटाउन नसक्दा उनीहरूको लागि चामल किन्ने पैसा हुदैँन । अत्यास लाग्छ । किन गरिरहेको छु भन्ने हुन्छ । सहयोग गर्नेले पनिसधै गर्न सक्दैन् । तर पनि मन दह्रो पार्छु । कोही त आउला, केही सहयोग गर्ला भनेर । मान्छे भएपछि आशावादी हुनुपर्ने रैछ । महिनामा ४/५ लाख खर्च हुन्छ , एउटै आशा छ उनीहरूको लागि अस्थायी रूपमा आवास बनाउन पाउँ । जसले गर्दा भोलि उनीहरूको लागि बास खोज्नु पर्ने आवश्यकताको परिपुर्ति होस् ।

राम्रो काम गर्दागर्दै पनि कोही नराम्रो भन्नेहरू हुन्छन् । कहिल्यै त्यस्तो सुन्नुभएको छ ?

धेरै सुनिन्छ । कुरा सुनियो भन्दैमा आफ्नो कामलाई रोक्न सकिँदैन । चित्त त दुख्छ । त्यसो भन्दैमा आफू लागेको कर्मलाई रोक्न सकिँदैन । गत वर्षमात्र धापाखेलमा मेरो सेल्टर हुदाँ त्यहाँका धनीले कुकुरको मासु बेच्यो, ११ लाख रुपैँयाको चोरी ग¥यो भनेर आक्षेप लगाउँदै मिडियासम्म ल्याइदिन्छु भनेको थियो । सुरुवातमा मैलै सेल्टर स्थापना गर्दा पनि मलाई माओवादी पनि लाइदियो । सो ठाउँबाट निकाल्न पनि खोजियो । तर म त निस्वार्थ रूपले पशुको उद्धारको लागि आवास स्थापना खोजीरहेको थिएँ । गत वर्षमात्र संस्था दर्ता गरेकी हुँ । सरकाले नाफामुखी संस्था भएन भने रजिष्ट्रर गर्न पनि एकदम गाह्रो हँुदो रहेछ । त्यो मैले महसुस गरेकी छु । हेर्दा सजिलो देखिन्छ । ओहोद कुकुरहरूको उद्धार गरेर बसेको छ भन्ने हुन्छ । तर यो जस्तो तनाव लिने काम अरु छैन जस्तो लाग्छ । जब त्यहाँभित्र गएर उनीहरूलाई स्याहार थालेपछि मात्र थाहा हुन्छ कति दुखको काम छ भनेर । अस्तीमात्र रेबिजको आउटब्रेक भएर धेरै जसो सेल्टरका रहेका कुुकुरमा रेबिज देखियो । सरकारले कुकुरलाई रेबिजको भ्याक्सिन धरी उपलब्ध गराउन सक्ने अवस्था छैन । नेपालमा विडम्बना त्यँही छ ।

सरकारको तर्फबाट आर्थिक सहयोग त पाउनुभएन । कुनै सम्मान पाउनुभाको छ ?

अहिलेसम्म सम्मान त परको कुरा राज्यलाई हामी जस्तो मान्छेको खाचो छ जस्तो नै लाग्दैन । प्राय देखावटी गरेर हिँड्ने मानिसहरू सम्मान पाउँछन् । तर मलाई सम्मान नै सबै हो जस्तो लाग्दैन । जीवनमा आमा–बुबा गुमाइयो । एउटा बाबु छ ऊ पनि अलि मानसिक बिरामी छ । जीवन भनेको केही होइन रैछ । बाच्नुञ्जेल राम्रो कर्म गर्ने हो ।

जब सडकमा लावारिसे अवस्थामा जनावर देख्दा वा पशुलाई दुव्र्यवहार गरेको दख्दा कस्तो लाग्छ ?

सुरुमा म आफै फिल्डमा गएर कुकुरहरूलाई उद्धार गर्थेँ । रेविज लागेको देख्थेँ । एसिड छर्किदिने गरेको देख्दा मैले आफूलाई सम्हाल्न नै सकिनँ । जुन कुराले म बोल्न पनि सकिनँ । हामी सामाजिक प्राणी भन्ने तर पशुप्रतिको व्यवहार देखेर मान्छे भनेको दानव झै लाग्छ । मान्छेप्रति भावनात्मक रूपमा झन टाढिँन मन लागेर आउछ । अस्ती भर्खर धुलिखेलमा एउटा कुकुरलाई टोकेकै कारण पोलमा बाधेर मारेको थियो । जुन राष्ट्रिय स्तरमा नै लाग्यो । जो बोल्न सक्दैन, त्यसले कसरी त्यो कुराहरू सह्यो होला ? सोच्दा पनि रौ नै काप्छ ।

आफू र जनावरप्रतिको आत्मीयता कस्तो पाउनुभयो ?

मेरो सेल्टरमा जति पनि कुकुर, गाईको बाच्छा छन् उनीहरू सबै मेरै सन्तान जस्तो लाग्छ । म सेल्टर जानेवित्तिकै उनीहरू आमा आउनुभो भन्ठानेर गेटमा झुमिन्न आउँछन् । सबैको नाम राखिदिएको छु । मेरो परिवार भनेको नै उनीहरू जस्तो लाग्छ । झन् उनीहरूप्रति जति नजिक हुन्छु, जीवनमा उनीहरूको नै सेवा गर्न पाइराखु जस्तो लाग्छ । जब उनीहरूको सामिप्यतामा जान्छु, लाग्छ ममा पनि करुणाको भाव रैछ भन्ने अनुभव आउँ । नेपाल छोडेर जाउँ भने त सक्छु । तर, यिनीहरूको मायाले बाधेको छ । भोलि म गएँ भने पनि सेल्टर नै बन्द गरेर जानुपर्ने अवस्था आउँला । कसरी म सक्छु ।

एकातिर गृहिणी हुुनुहुन्छ । अर्कातिर उनीहरूको हेरचाह पनि गर्नुपत्यो । कसरी समय व्यवस्थापन गरिरहनुभएको छ ?

श्रीमान् बाहिर हुनुभएकोले बिहान घरमा बाबुलाई अलिकति समय दिन्छु । घरमा पनि १५/१६ वटा कुकुर छन् । घरका पालिएर छोडिएका उनीहरूलाई स्याहारेर फेरि ठिक्क २ बजे सेल्टरमा उनीहरूलाई खाना दिन पुग्छु । त्यहाँ सबै कुराको व्यवस्थापन गरेपछि काम बाटोतिर भएको कुकुरहरूलाई खान दिन्छु ।

अहिलेको नयाँ पिँढीमा समाजसेवाप्रतिको मोह कस्तो पाउनुभाको छ ?

अहिलेको नयाँ पिँढीमा धेरै नै समानसेवाप्रतिको मोह पाएको छु । कति जनाले दीदी हजुरसँग प्रेरित भएर हामीले यस्तो गरेको छौ भन्नु हुन्छ । खुशी लाग्छ । कमसेकम केही मानिसको सोचमा त परिर्वतन ल्यान सकेँ । जसले गर्दा म केही सफल भएँ जस्तो लाग्छ ।

तपाई समाजका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । के सन्देश दिन चाहनुहुन्छ ?

पशुलाई पनि हामीलाई जस्तै बाच्ने अधिकार छ । पशुप्रति क्रुरता नदेखाउनुहोला । पशुलाई सक्नुहुन्छ भने माया गर्नुुस् । सक्नुहुन्न भने कृपया हानि हुने काम पनि नगर्नुस् चाहन्छु ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : २४ बजे

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०