रुसको सत्ता परिवर्तन गर्नु नेटोको उद्देश्य नभएको जर्मनीबाट स्पष्ट « Khabarhub

रुसको सत्ता परिवर्तन गर्नु नेटोको उद्देश्य नभएको जर्मनीबाट स्पष्ट


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनमा मस्कोको आक्रमणका बाबजुद रूसमा शासन परिवर्तन गर्नु उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को उद्देश्य नरहेको जर्मनीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनलाई ‘सत्तामा रहन नसक्ने एक कसाई’ को संज्ञा दिएको एक दिनपछि जर्मन चान्सलर ओलाफ सोल्जको याे भनाइ आएको हो ।

‘रुसमा सत्ता परिवर्तन गर्नु नेटोको उद्देश्य होइन, न कि अमेरिकी राष्ट्रपतिको’, सोल्जले जर्मन सरकारी टेलिभिजन च्यानल एआरडीलाई भने । 

सोल्जले अगाडि थपे, ‘मैले ह्वाइट हाउसमा बाइडेसँग लामो छलफल गर्ने मौका पाएको छु । हामीले यी प्रश्नहरू पनि छलफल गरेका छौँ,’ उनले थपे । 

लोकतन्त्र, स्वतन्त्रता र न्यायको जताततै भविष्य हुने उनले बताए । 

युक्रेन हमलापछि रूसी राष्ट्रपति पुटिनलाई बाइडेनले ‘कसाई’ भनेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १२ : २९ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

हेटौँडा– लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्ने क्रम