एक करोडको हाराहारीमा खर्च भएको ‘सत्यम्’ अन्यौलमा « Khabarhub

एक करोडको हाराहारीमा खर्च भएको ‘सत्यम्’ अन्यौलमा


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता राजेश हमाललाई कमब्याक गराउने चर्चा सहित सुरु भएको प्रोजेक्ट ‘सत्यम्’ नबन्ने स्थितिमा पुगेको छ । अभिनेता हमाललाई अनुबन्धित गर्दै सेट निर्माण, अन्य कलाकार तथा प्राविधिक फाइनल हुँदै सुटिङको लागि वर्कसप समेत गरेको ‘सत्यम्’ को काम अहिले रोकिएको छ । निर्माताहरु बीच विविध कारणले समस्या आएपछि रोकिएको प्रोजेक्ट बढ्न सकेको छैन ।

फिल्मसँग जोडिएका एक सदस्यले फिल्म नबन्ने सङ्केत गरे । फिल्मका निर्माताहरुले पछिल्लो समय अभिनेता हमालसँग समेत सम्पर्क गरेका छैनन् । ‘हरेक डेभ्लोपमेन्टको बारेमा अभिनेता हमालसँग सल्लाह गर्ने, जानकारी गराउने टिम अहिले सम्पर्कमा छैन’ फिल्मसँग निकट स्रोतले बताए ।

पोखरामा सेटसमेत निर्माण गर्दै अभिनेता हमालसँगै अनुपविक्रम शाही, पल शाह र मल्लिका महतसमेत सहभागी भई कार्यशालासमेत भएको थियो । फिल्ममा पल शाहको अपोजिटमा रहेकी मल्लिकाले यही कार्यशालापछि फिल्म छाड्ने निर्णय गरेकी थिइन् । निर्माण टिमले उनको ठाउँमा उपासना सिंह ठकुरीलाई लिएर फिल्म सुटिङ अगाडि बढाउने निर्णय गरेको थियो ।

यद्दपि त्यसपछि पनि काम अगाडी बढ्न सकेन । ‘फिल्मका निर्माताहरु चुपचाप बसेको देख्दा त फिल्म बन्छ भन्ने मै शंका छ । फिल्मका एक अभिनेता विरुद्ध जबरजस्ती करणीमा जाहेरी परेपछि समस्या पर्यो भन्दै निर्माताले कुरा गर्ने गरेका छन् रे’ स्रोतले भने । केहि समय अगाडी मात्र ‘फिल्मको सुटिङ कहिले हुन्छ ?’ भन्ने पत्रकारको जिज्ञाषामा अभिनेता हमालले ‘बन्न त बन्छ तर अलि पछि बन्छ’ भन्ने जवाफ एक कार्यक्रममा दिएका थिए ।

कलाकारको पारिश्रमिक, देशका तीन ठाउँमा अडिसन, पोखरामा भव्य सेट, स्क्रिप्टमा छलफल, प्राविधिक अनुबन्धित गरेर फिल्मको एक करोडको हाराहारीमा खर्च भएको बुझिएको छ । फिल्मको घोषणा भए यता नै अभिनेता हमाललाई स्क्रिप्ट सुनाउन र साइन गर्न नै राम्रो रकम खर्च भएको हो । फिल्म ‘सत्यम’ को घोषणा भएयता नै निर्माण टिमसँगको विभिन्न तस्वीरहरुमा अभिनेता हमालसहित अन्य कलाकार पनि देखिने गर्थे ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ३ : १६ बजे

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०