अफगानिस्तानमा ९५ प्रतिशतले पर्याप्त खाना नपाउने प्रतिवेदन सार्वजनिक « Khabarhub

अफगानिस्तानमा ९५ प्रतिशतले पर्याप्त खाना नपाउने प्रतिवेदन सार्वजनिक


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा खाद्य असुरक्षा अत्यन्त गम्भीर अवस्थामा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको नयाँ प्रतिवेदनले अफगानिस्तानका ९५ प्रतिशत मानिसहरुले पर्याप्त खाना खान नपाएको देखिएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिवका सहायक विशेष प्रतिनिधि एवम् मानवीय संयोजक रमिज अलाकबारोभले प्रतिवेदन सार्वजनिक गर्दै अफगानिस्तानका मार्च महिनामा अफगानिस्तानमा गम्भीर प्रकृतिको भोकमरीको चपेटामा परेका अफगानहरुको संख्या २ करोड ३० लाख पुगेको बताएका हुन् ।

यो सङ्ख्या गत वर्षको जुलाई महिनामा १ करोड ४० लाख रहेको उनको भनाइ छ । खाद्य असुरक्षाका कारण अफगान नागरिकहरुले छाक छाड्ने र भारी ऋण लिनेजस्ता भयानक कदम चाल्न विवश भएको उनले बताए ।

बालबालिकामा खाद्य असुरक्षाको अवस्था अझ गहिरो रहेको बताउँदै उनले अफगानिस्तानमा ३५ लाख केटाकेटीलाई पोषणयुक्त उपचारको खाँचो रहेको बताए ।

खडेरी र आर्थिक एवम् बैंकिङ प्रणालीमा उत्पन्न संकटका कारण खाद्य असुरक्षा अझ बढेको उनको भनाइ छ । उनले हाल ८० प्रतिशत अफगानहरु ऋणको चपेटामा परेको समेत बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : ४५ बजे

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र