पाकिस्तानमा गम्भीर जलसङ्कट « Khabarhub

पाकिस्तानमा गम्भीर जलसङ्कट


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा ५२ प्रतिशतसम्म पानीको अभाव देखिएको छ । पाकिस्तानको इन्दुस रिभर सिस्टम अथोरिटीले जनाएअनुसार त्यहाँ पानीको संकट देखिएको हो ।

जनसङ्ख्याका आधारमा पाकिस्तानको सबैभन्दा ठूलो पञ्जाब प्रान्तमा ६० हजार क्युसेक पानीको माग भएपनि मध्ये केबल २९ हजार क्युसेक पानीमात्रै उपलब्ध हुँदै आएको छ । त्यस्तै, सिन्ध प्रान्तमा ४५ हजार ४ सय क्युसेक पानीको माग रहेपनि केबल २२ हजार क्युसेक पानीमात्रै उपलब्ध हुँदै आएको जनाइएको छ ।

पानीको अभावका कारण त्यहाँ स्वास्थ्य लगायतका अत्यावश्यक सेवा समेत प्रभावित बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसबाहेक पानीकै अभावका कारण त्यहाँ गहुँ उत्पादनमा समेत जोखिम उत्पन्न भएको छ ।

हालैमात्र त्यहाँको जिन्ना पोस्टग्राजुएट मेडिकल सेन्टरमा पानीको आपूर्ति बन्द भएका कारण दर्जनौँ शल्यक्रिया प्रभावित भएको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ३ : ३३ बजे

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’