मोटरसाइकल दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लाको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल आज बिहान ३ बजे दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ ।

मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ७ : २३ बजे

सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

बाजुरा– बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी

खानीको रहर, अधिकारको कहर !

पोखरा – गण्डकी प्रदेशसँग आफ्नै खानीबाट प्रदेशको ढुकुटी भर्ने रहर

कैलाली कारागार प्रकरण : मुख्यमन्त्री शाहले भेटे गृहमन्त्री

काठमाडौं– कैलाली कारागार कैदी–बन्दीले नियन्त्रणमा लिइरहँदा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले

पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह

काठमाडौं– पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह रहेको पाइएको छ ।

महन्थ ठाकुरको गुनासो : थारू-मधेसीले अधिकार र पहिचान पाएनन्

धनगढी– सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ