अवैध सैन्य सङ्गठनले घायल एउटा देश | Khabarhub Khabarhub

अवैध सैन्य सङ्गठनले घायल एउटा देश


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण अमेरिकी देश कोलम्बिया कुनै समय संसारकै कुख्यात तस्कर पाब्लो इस्कोबारको देशको रूपमा चिनिन्थ्यो। सन् १९९४ को विश्वकप फुटबलमा आन्द्रे इस्कोबारले आत्मघाती गोल गरेर बाहिरिएपछि उनले आफ्नै देशमा गोली खाएर ज्यान गुमाएका थिए। पछिल्ला केही दशक यता कोलम्बियामा यस्ता दुखद् घटना भइरहेका छन्।

वर्षको सुरुका तीन महिनामा कोलम्बियामा ५२ जना मानव अधिकार अभियन्ता तथा सामुदायिक नेता मारिएका छन्। विगतमा पनि यस्तो हुने गरेको थियो। तर, यो वर्ष त्योक्रम घट्नुको साटो बढेको छ। २०२१ को सुरुवाती तीन महिनामा भन्दा यस वर्षको सुरुवाती तीन महिनामा यो सङ्ख्या धेरै नै बढेको हो। २०२१ मा जम्मा १ सय ४५ जना यसरी मारिएका थिए। धेरै वटा हत्या आपराधिक समूहका लक्षित अभियन्ताकै भएको छ।

वर्षको सुरुका तीन महिनामा कोलम्बियामा ५२ जना मानव अधिकार अभियन्ता तथा सामुदायिक नेता मारिएका छन्।

अवैध सशस्त्र सङ्गठनसँगको कटु सम्बन्धपछि उनीहरूको हत्या भएको हो। कोलम्बियाको मानव अधिकारवादी निकायले दिएको जानकारी अनुसार त्यहाँ धेरै लागु औषध कारोबारको सङ्गठित गिरोह नै छ। यस्ता गिरोहसँग पनि मानव अधिकारवादी अभियन्ताको कटु सम्बन्ध भएकाले धेरै जनाले जीवन गुमाएका छन्। मानव अधिकारको क्षेत्रमा सक्रिय व्यक्ति वा संस्था जो कोहीले पनि कोलम्बिया काम गर्न सबैभन्दा जोखिमपूर्ण स्थानको रूपमा चिन्ने गरेका छन्।

अहिले मारिनेमध्ये २८ जना अधिकार अभियन्ता छन्। नौ आदिवासी अभियन्ता रहे भने चार कृषि अभियन्ता छन्। कोलम्बिया सञ्चार माध्यम एल टेम्पोको रिपोर्ट अनुसार मारिनेमध्ये ४८ पुरुष तथा ४ महिला छन्। गत जनवरीमा एक १४ वर्षीया अधिकारकर्मीको ज्यान गएको घटनाले धेरैलाई विस्मयमा पारेको थियो। आदिवासी अभियन्ता उनलाई एक सशस्त्र जत्थाले गोली हानेर मारेको थियो। आदिवासीको भूमिको रक्षार्थ अभियान चलाइरहेकै क्रममा उनको हत्या भएको हो।

अहिले मारिनेमध्ये २८ जना अधिकार अभियन्ता छन्। नौ आदिवासी अभियन्ता रहे भने चार कृषि अभियन्ता छन्।

सन् २०१६ मा त्यहाँको सबैभन्दा ठूलो सशस्त्र विद्रोही समूह रेभुलेसनरी आर्मड फोर्स अफ कोलम्बिया (एफएआरसी)सँग शान्ति सम्झौता भएपछि कोलम्बियामा शान्ति प्रक्रिया सुरु भएको थियो। तर, त्यो पर्याप्त हुन सकेन। संसारकै सबैभन्दा धेरै कोक्किन उत्पादन हुने यस देशमा अन्य सशस्त्र समूह सक्रिय छन्।

डेसीडेन्ट फार्क विद्रोही तथा मार्क्सवादी सङ्गठन नेसनल लिबरेसन आर्मीको बीचमा केही क्षेत्रमा पकड राख्ने सवालमा विवाद बढेपछि गत वर्षको अन्त्यदेखि कोलम्बियाका धेरै क्षेत्र एकदमै अशान्त थिए। गल्फ क्लान जस्ता आतङ्कवादी सङ्गठन र दक्षिण पन्थी संसदीय समूह पनि झडपमा उत्रन थालेपछि त्यहाँको वातावरण अझ खराब बनेको छ। ‘सामाजिक नेता र मानव अधिकार रक्षक माथिको यो आक्रमणले प्रजातन्त्रको जग नै भत्किएको छ,’ मानव अधिकार लोकपाल कार्लोस कामार्गोले भनेका छन्।

त्यस क्षेत्रमा शान्ति ल्याउने धेरै व्यक्तिले प्रयास कायम गरेका छन्। चर्चका धर्माध्यक्ष हुवाँ कार्लोस बारेटोले गत वर्ष केही पर्यवेक्षक र सञ्चारकर्मीलाई राखेर कोलम्बियाको कोको क्षेत्रमा घना जङ्गल र नदीको बारे वर्णन गरेका थिए। त्यस क्षेत्रमा सशस्त्र सङ्गठनले कसरी गतिविधि गरिरहेका छन् भन्ने पनि उनले उल्लेख गरेका थिए।

डेसीडेन्ट फार्क विद्रोही तथा मार्क्सवादी सङ्गठन नेसनल लिबरेसन आर्मीको बीचमा केही क्षेत्रमा पकड राख्ने सवालमा विवाद बढेपछि गत वर्षको अन्त्यदेखि कोलम्बियाका धेरै क्षेत्र एकदमै अशान्त थिए।

ती क्षेत्रमा कसरी अवैध सैन्य जत्थाले स्थानीय समुदायका व्यक्तिमाथि अघोषित कर्फ्यू लगाएर आवतजावतमा प्रतिबन्ध लगाउने गरेका छन् भन्ने पनि देखाएका छन्। त्यहाँ केही क्षेत्र वामपन्थी गुरिल्लाको पकडमा छ। केही स्थान दक्षिण पन्थी गुरिल्लाको पकडमा पनि छ। स्थानीय स–साना सङ्गठन बचेका स्थानलाई आफ्नो पकड राख्न प्रयास गरिरहेका छन्। ती स्थानमा अझ धेरै झडप हुने गरेका छन्।

‘त्यस स्थानलाई आफ्नो नियन्त्रणमा राख्नका लागि झडप भइरहेको छ’, उनले भने। सुनसान बसेर युद्धको पीडामा छटपटाएका स्थानीयको सहयोगमा धर्माध्यक्ष बारेटो सक्रियतापूर्वक लागेका छन्।

बारेटो सहितको टोलीले दक्षिण अमेरिकाको सबैभन्दा बढी युद्धले प्रभावित क्षेत्रमा काम गरिरहेको छ। कोकोलगायत स्थानमा सक्रिय उनीहरूले युद्धको तथ्यलाई डकुमेन्टमा उतार्नुका साथै अधिकारी र सैन्य जत्थालाई दबाब दिने काम गर्छन्। ‘स्थानीय अधिकारी नपुगेको स्थानमा हामी पुगेका छौं’, बारेटोले भने। कोलम्बियाको यस युद्धमा आबद्ध हुने तीन चौथाई व्यक्ति क्याथोलिक छन्। यसकारण पनि ती पादरीले आफूलाई सुरक्षित ठानेका छन्। युद्धमा लागेका कुनै पनि समय कठोर हुन सक्छन्। यसका बाबजुद पादरीप्रति उनीहरूको आदर र सम्मान भने अझै छ। अन्य व्यक्ति पुग्न नसक्ने स्थानमा पुगेर पादरीले मान्छे नमार्नका लागि अभियान नै चलाएका थिए।

चिलीमा जनरल पिन्चोटको कार्यकालमा भएको रक्तपातको समयमा पनि धर्म गुरुले युद्ध विरोधी भूमिका निर्वाह गरेका थिए। उनीहरूको उठाएको सशक्त आवाजले धेरै विस्थापितलाई पुर्न स्थापित गरेको थियो।

ल्याटिन अमेरिकामा रहेका धेरै क्याथोलिक चर्चले परम्परागत भूमिका नै निर्वाह गरेका छन्। तर, केही घोषित अभियन्ता छन्। जसले तल्लो तहमा या ग्रामीण भेगमा पुगेर मानिसको जीवन बचाउने काम गरिरहेका छन्। उनीहरूको मानव अधिकार हनन्को बारेमा प्रस्ट आवाज उठाउने गरेका छन्। साथमा गरिब व्यक्तिको दुःखमा पनि साथ दिने गरेका छन्।

चिलीमा जनरल पिन्चोटको कार्यकालमा भएको रक्तपातको समयमा पनि धर्म गुरुले युद्ध विरोधी भूमिका निर्वाह गरेका थिए। उनीहरूको उठाएको सशक्त आवाजले धेरै विस्थापितलाई पुर्न स्थापित गरेको थियो। हराएका धेरै जनाको खोजी कार्य पनि उनीहरूले गरेका थिए। १९७० देखि ८० को दशकमा त पादरी र धर्माध्यक्षको भूमिका अझ फरक थियो। देश गृह युद्धतर्फ मोडिएको समयमा यसमा कायापलट गर्ने सवालमा उनीहरूको भूमिका महत्त्वपूर्ण थियो।

१९७० देखि ८० को दशकमा त पादरी र धर्माध्यक्षको भूमिका अझ फरक थियो। देश गृह युद्धतर्फ मोडिएको समयमा यसमा कायापलट गर्ने सवालमा उनीहरूको भूमिका महत्त्वपूर्ण थियो।

क्यालिफोर्निया स्टेट विश्व विद्यालयका इतिहासविद् सुसन प्याट्रिक बेहरेन्स सन् १९८९ मा एल साल्भाडोरमा ६ पादरीलाई सेनाले मारेपछि संसार नै स्तब्ध भएको बताउँछन्। यसपछि संसारकै ध्यान त्यस क्षेत्रमा मोडिएको थियो। उनी समुदायको साथ पाउँदा चर्चमा नेता मानव अधिकारको रक्षकको रूपमा भूमिका निर्वाह गर्न थालेको बताउँछन्।

केही आश्चर्यजनक घटना चर्चका पादरीको हकमा पनि नभएको होइन। कोलम्बियामा कामिलो टोरेस नाममा एक धर्म गुरु अहिले वामपन्थी सशस्त्र समूहमा आबद्ध भएका छन्। पादरीको यस अभियानमा पोपको कुनै निर्देशन भने छैन। उनीहरूको यो सबै गतिविधि स्वतः स्फूर्त नै हो।

फादर पालासियो भने पादरीको रूपमा अभियन्ताको काम गर्दा अलिकति जोखिम घटे पनि जोखिमरहित भने नहुने जनाएका छन्। ‘सशस्त्र समूहको बीचमा रहेर काम गर्दा तपाईँको जीवन सधैँ जोखिम नै रहन्छ,’ उनले भने। यस जोखिमका बाबजुद उनी त्यस क्षेत्रमा घुमिरहेका छन्। त्यहाँ घुमेर डकुमेन्ट तयार पार्ने र शान्तिका लागि प्रयास गर्ने उनको अभियान अझै जारी छ।

यसअघि नै कोलम्बियाको यो अशान्त घटना र लागु औषध कारोबारको बीचमा थुप्रै सम्बन्ध रहेको रिपोर्ट प्रकाशित भएका छन्।

अफ्रो कोलम्बीयन सङ्गठन कोकामियाकी नेतृ सुलिया सुसाना मेना फादर पालासियो लगायतको यो भ्रमणले धेरै युद्ध पीडितलाई सहयोग गरेको बताउँछिन्। मेनाको समुदायका धेरैलाई गल्फ क्लानका हतियारधारीले विस्थापित गरेका थिए। यसरी विस्थापित हुनेलाई पनि पालासियोको नेतृत्वमा रहेको टोलीले उद्धार गरेको थियो। पालासियोले सशस्त्र समूहले विस्थापित गरेका व्यक्तिलाई स्थापित गर्न र जीवन प्रति आशावादी गराउन आफूहरू लागि परेको बताउँछन्।

यसअघि नै कोलम्बियाको यो अशान्त घटना र लागु औषध कारोबारको बीचमा थुप्रै सम्बन्ध रहेको रिपोर्ट प्रकाशित भएका छन्। एफएआरसीको सम्बन्ध अवैध लागु औषध कारोबारसँग रहेको जनाइएको थियो। अहिले सङ्घर्षमा रहेका धेरै शक्तिको पनि लागु औषध कारोबारीसँगको सम्बन्धले नै ती भूमिका कब्जा गर्न तछाडमछाड भएको अनुमान गरिएको छ।

दक्षिण अमेरिकी महादेशकै संसारमा सुन्दर फुटबल खेल्ने महादेशको रूपमा परिचय छ। त्यसै महादेश घना जङ्गल र अन्य प्राकृतिक विविधताका कारण पनि चर्चामा छ। थुप्रै आरोह अवरोह पार गरेको यो महादेशका प्राय देश टिठलाग्दो विगतबाट शान्तिको बाटोमा हिँडेका छन्। यस बीचमा कोलम्बिया भने अहिले पनि हत्या र हिंसामा अल्झिरहेको छ।श्रोत: बीबीसी ,विल्सन सेन्टर

१४ वर्षीय बालकको शव अन्तिम संस्कारका लागि लगिँदै तस्बिरः एएफपी

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ८ : ०८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८० साल फागुन १३ गते आइतबार तदनुसार

आज २०८० साल फागुन १३ गते आइबारको राशिफल

काठमाडौं – आज २०८० साल फागुन १३ गते आइतबार तदनुसार

वाफ वुमन्स च्याम्पियनसिप : प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं। साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) वुमन्स

कल बाइपास सञ्चालन गर्ने दुई पक्राउ

काठमाडौं । प्रहरीले अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी)

मारेर गाडेको अवस्थामा भेटियो पाटे बाघ

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर