कोहलीको कमजोर ब्याटिङले निम्त्याएको चिन्ता | Khabarhub Khabarhub

कोहलीको कमजोर ब्याटिङले निम्त्याएको चिन्ता

यही अवस्थामा उनले टी–ट्वान्टी विश्वकप खेल्न सक्छन् ?



काठमाडौँ : वर्तमान विश्व क्रिकेटमा यदि कोही उत्कृष्ट छ भने, त्यो नाम हो विराट कोहली । उनले जित्न बाँकी केही पनि छैन । खेलाडीका रुपमा उनले टी–ट्वान्टी विश्वकपबाहेक महेन्द्रसिंह धोनीको कप्तानीमा सबै उपाधि जितिसकेका छन् ।

तर उनले आफ्नो कप्तानीमा भने अहिलेसम्म केही पनि जित्न सकेका छैनन । विश्व क्रिकेटमा सचिन तेन्दुलकरजत्तिकै महान मानिएका कोहलीले उत्कृष्ट खेलाडीका रुपमा आइसीसीका सबैजसो अवार्ड जितेका छन् ।

वर्तमान विश्व क्रिकेटमा उनी सबै क्रिकेटरका लागि आइडल हुन् । उनको सफलता नजिक सायदै कुनै क्रिकेटर पुगेका छन् । उनी एक्लैले ७० शतक बनाइसक्दा उनीसँगै खेलेका धेरै ब्याटर अहिले पनि मुश्किलले ४० शतक बनाइरहेका छन् ।

यस्ता दर्जनौ रेकर्ड कोहलीले आफ्नो नाममा लेखाएका छन् । विश्व क्रिकेटकै महान खेलाडी सचिनका सबैजसो रेकर्ड एकपछि अर्को गरि तोड्दै गएका कोहली सबैभन्दा ठूलो रेकर्ड शतकको पनि शतक अर्थात १०० शतकको कीर्तिमान तोड्नुपर्ने चुनौतिमा छन् । यो रेकर्ड तोड्न उनले अझै ३० वटा शतक बनाउनुपर्नेछ ।

यस्तो चुनौतिपूर्ण समयमा एक नयाँ सफलताको नजिक पुग्नुपर्ने कोहली पछिल्लो तीन वर्षदेखि भने शतकविहीन छन् । शतक मात्रै होइन, अहिले त उनको ब्याटबाट रन पनि निस्कदैन ।

यस वर्षको आइपीएललाई हेर्ने हो भने कोहलीको ब्याटबाट रन निस्कदैन । केवल आउट, रन आउट, गोल्डेन डकआउट र क्याचआउट मात्रै छ । जसमा उनी दुई पटक डकआउट हुँदा बाँकी खेलमा ९, १२ र १ मात्रै बनाउन सकेका छन् । यो आइपीएलमा अहिलेसम्मकै खराब प्रदर्शन हो । जबकी आइपीएलमा सर्वाधिक रनको कीर्तिमान नै उनको नाममा छ । उनले अहिलेसम्म पाँच हजारभन्दा बढी रन बनाएका छन् । सर्वाधिक ५ शतक बनाएका छन् ।

यति खराब फर्म उनको मात्रै थिएन । जुन अहिले देखिएको छ । सन् २०२०–२१ मा पनि केएल राहुल पनि खराब फर्ममा थिए । जसले त्यतिबेला ०, १, ०, ० र १४ रनको आँकडा मात्रै देखाउन सकेका थिए । जुन नाजुक थियो ।

यस्तै वेष्ट इण्डिजका धुरन्धार नयाँ पुस्ताका ब्याटर निकोलश पूरनको ०, ०, ०, ०, ०, ९, ०, १९, ० र ३२ रनको आकँडा पनि त्यति राम्रो थिएन । टी–ट्वान्टी मात्र नभई अष्ट्रेलीयाली लेजेन्डरी क्रिकेटर ग्रेग च्यापपेल पनि एक समय ०, ०, ०, ०, ६, १२ र ० रनको नाजुक अवस्थाबाट गुज्रेका थिए । यस्तै, थुप्रै खेलाडीले आफ्नो प्रदर्शनमा टोलीको लागि अर्को रन कसरी ल्याउने भन्ने दबाब महशुश गरेको उदाहरण छन् ।

मंगलबार भएको खेलमा राजस्थान रोयल्सविरुद्धको खेलमा कोहली ओपनिङमा गए । फाफ डुप्लेसिसँग उनले ओपनिङ गर्दा सुरुमा दुई चौका हाने । यसले उनका फ्यानलाई उत्साहित बनाएको थियो । रंगशाला भरि कोहली नाम गुन्जिएको थियो । तर त्यो खुशी चार मिनेट पनि टिक्न सकेन ।
दोस्रो ओभरमा कोहली १ रन जोडलगत्तै आउट भए । जम्मा १० रन जोडेर आउट भएका कोहलीको फर्म कति खराब अवस्थाबाट गुज्रिएको छ भनेर सजिलै देख्न सकिन्छ । एक महान क्रिकेटरका लागि यति खराब अवस्थाबाट निरन्तर गुज्रनुपर्ने अवस्था सायदै आउँछ ।

तर निरन्तर खराब प्रदर्शनले अब टिमका लागि कोहलीको ब्याटिङ क्षमता नै धरापमा परेको छ । यसै पनि कोहली संसारका ठूलै सेलिब्रेटी हुन् । क्रिकेटमा उनी जत्तिको अर्को ठूलो सेलिब्रेटी छैन ।

त्यही भएर कोहलीलाई रोयल च्यालेन्जर्स बेंगलोरमा विश्वको नै सबैभन्दा व्यस्त पुरुषको उपमा दिइएको थियो । कोहलीसँग कुरा गर्नु भनेको विश्वको ठूलो नेतासँग कुरा गर्नु बराबर हो भनेर उनकै साथीहरु ठट्टा गर्छन ।

कोहलीसँग केवल क्षणिक समय हुन्छ । कसैले केहि कुरा राख्नु परे प्रस्ट, छोटो र छिटो तरिकाले भनिसक्नुपर्छ । अन्यथा उनीबाट अपेक्षित जवाफ र प्रेरणा पाउन मुश्किल हुन्छ ।

सन् २०१८ मा कप्तान हुँदा कोहलीले विश्लेषकहरुलाई एक शब्द नबोलेको गुनासो थियो । किनभने हरेक मिनेट कोहली आफ्नो उद्धेश्यमा केन्द्रित हुन्थे । सोहि समयको प्रदर्शन हेर्ने हो भने कोहलीले औसतमा ४८ रन गरी १३९ को स्ट्राइकरेटमा कुल ५३० रनको योगदान गर्न सफल भएका थिए ।

त्यो कोहलीको वर्चश्वले भरिपूर्ण सिजन थियो । यसपश्चात कोहलीको वाह–वाला प्रदर्शन देख्न पाइएको छैन । सन् २०१९ देखि जारी आईपीएलसम्म हेर्दा कोहलीको औसत रन ं३१ भएको देखिन्छ । तर स्ट्राइक रेट भने १ सय २६ रहेको छ । ४ सिजन पहिलेको प्रदर्शनलाई हेर्ने हो भने कोहलीले १ सय ३९ को स्ट्राइक रेटले औसतमा ५२ रन जोड्थे । समय कसरी परिवर्तन भएको छ, त्यो सहजै देख्न सकिन्छ ।

कोहली दिनप्रतिदिन कमजोर बन्दै गएका छन् । उनमा अझै दर्जनौ शतक हान्न सक्ने भोक छ । त्यसका लागि लडिरहेका छन् । तर हरेक खेलमा सजिलै आउट हुँदा उनी थाकेका जस्ता देखिन्छन् ।

सन् २०१९ मा बंगलादेशविरुद्धको टेस्ट खेलमा कोहलीले बनाएको शतकपश्चात, कोहली १ सय १२ इनिङ्समा शतकविहीन छन् । सो टेस्ट खेलअघि ७ सय ९ इनिङसमा कोहलीले ८६ शतक बनाएका थिए ।

तर, अहिले कोहलीको प्रदर्शन निकै खराब छ । कोहलीलाई सबै फम्र्याटमा संघर्ष गरिरहेको देख्न सकिन्छ । यस सिजनमा कोहलीले एउटै समस्या पटक पटक दोहो¥याएका छैनन् । तर अधिकांश ब्याटरले चुनौतीपूर्ण समयमा गर्ने गल्ती कोहलीले पनि गर्न थालेका छन् ।

लखनउ सुपर जायन्ट्सविरुद्धको खेललाई नै हेर्ने हो भने पनि अनुज रावतले पहिलो ओभरमा दुष्मन्थ चमेरालाई आउट गरेसँगै कोहली मैदानमा आए । पहिलो बललाई कोहलीले ब्याक अफ द लेन्थ प्रहार गरे । त्यसपश्चात कोहलीको क्षणभरको लागि आक्रामक रुप देख्न सकियो र बल ब्याकवार्ड प्वाइन्टमा गयो । कोहलीले पीचको अर्को साईडमा भएका कप्तान फाफ डु प्लेसिसलाई एक मुस्कान दिए ।

तर, त्यो मुस्कान भने सन्राईजर्स हैदराबादविरुद्धको खेलमा देख्न पाइएन । ९ औँ बलको सामना गर्दा मार्को ज्यानसेनले प्रहार गरेको हाफ–भलीलाई कोहलीले फितलो प्रहार गरे । कोहली पीचमा एकछिन टोलाए पनि ।

यस्तै, कोलकत्ता नाईट राईडर्सविरुद्धको खेलमा पनि उमेश यादवको बलिङमा स्लिप भएर बल स्टम्प बाहिर पुगेको थियो । चेन्नाई सुपर किङ्ग्सविरुद्धको खेलमा पनि दुरीको आकलनमा समस्या आउँदा कोहलीले तेस्रो बललाई स्क्वायर लेगमा प्रहार गरे ।

दिल्ली क्यापिट्ल्सविरुद्धको खेलमा १४ बलमा १२ रन जोडेपश्चात आउट भए । कुल ९ खेलमा हेर्ने हो भने कोहलीले मुम्बई इण्डियन्सको खेलमा मात्र सन्तोषजनक अंक बनाए । कोहलीले त्यस खेलमा ४८ रन बनाएसँगै यस आईपीएलमा कुल १ सय २८ रन बनाए ।

तर, कोहली पुरण वा राहुल नभएकोले कोहलीलाई सहजै ड्रप गर्न सकिँदैन । खेल विश्लेषक रवि शास्त्री र केभिन पिटरसनको भनाईमा कोहलीलाई एउटा ब्रेक आवश्यक छ । विगत ५ वर्षमा, कोहली एक व्यवसायमा परिणत भएको देख्न सकिन्छ । कोहली फर्ममा नभएको क्रिकेट पण्डितहरुको तर्क छ ।

टी–ट्वान्टी खेलमा खेलाडीमा जति चाँडै लय आउँछ त्यति नै चाँडै लय गुमाएको पनि देख्न सकिन्छ । तर, संघर्षरत अवस्थामा लय कहिले फर्किन्छ त्यसको भन्ने आकलन गर्न चुनौतीपूर्ण हुन्छ । कोहलीको अवस्था पनि त्यस्तै भएको देखिन्छ ।

यदि कोहलीले रन–आउट र गोल्डन डक आउटबाट छुट्कारा नपाउने भने कसरी लय फर्किन्छन् भन्ने अधिकांश क्रिकेट विशलेषकहरुको तर्क छ । यद्यपी हरेक व्यक्तिको खराब समयमा यस्ता चिन्ताजनक टिप्पणी हुनु स्वभाविक पनि हो । तर भारतीय विश्लेषकसँगै धेरै क्रिकेट पण्डित र प्रशंसकको पर्खाई अहिले पनि कोहली शतक बनाउन सक्षम छन् ।

बस, केही समय लाग्छ । अझै केही महिना लाग्छ । क्रिकेट किङ भनेर चिनिएका कोहली चाँडै फर्ममा फर्कदै नजिकै आउँदै गरेको टी–ट्वान्टी विश्वकपमा धमाका मच्चाउने अनुमान छ । कम्तीमा क्रिकेट प्रशंसकको यो अनुमान कोहली पनि खेर जाने दिने छैनन ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ९ : २१ बजे

इलाम–२ : कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्दा नेकपा एसलाई केबल ६ मत

काठमाडौं– इलाम क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेस र

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई मन्त्री चौधरीको आह्वान

काठमाडौं–  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको

सम्झनामा विष्णुबहादुर : जमिन्दारका छोरा, जीवनभर कम्युनिस्ट

तराई मधेसमा अहिलेसम्म मिटरब्याजीहरुको शोषण कायमै छ । कल्पना गरौैं

पाँच महिना लामो मर्मतपछि इजरायलबाट आयो निगमको न्यारो बडी

  काठमाडौं- नेपाल वायुसेवा निगमको ‘९एन–एकेएक्स’ जहाज इजरायलमा मर्मत गराएर

अवैध लागूऔषधसहित १० जना पक्राउ

पर्सा– पर्साको कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद