ग्यास आपूर्ति रोकिएपछि ईयूको आरोप - 'रुसले ब्ल्याकमेल गर्‍यो' | Khabarhub Khabarhub

ग्यास आपूर्ति रोकिएपछि ईयूको आरोप – ‘रुसले ब्ल्याकमेल गर्‍यो’


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – युरोपेली युनियन (ईयू)ले युरोपमा रूसी जीवाश्म ईन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो ।

रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको रूपमा उसको अविश्वसनीयता देखाएको आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले आरोप लगाइन ।

यसअघि वार्सा र सोफियाका राजनीतिक नेताहरूले रुसी ऊर्जा कम्पनी गाजप्रोमको कदम ‘ब्ल्याकमेल’ भएको बताएका थिए ।

पश्चिमा देशहरुको शत्रुतापूर्ण कदमको बदलामा आफूले पछिल्लो निर्णय लिनु परेको रुसी प्रशासन क्रेमलिनले दाबी गरेको छ । रुस एउटा भरपर्दो उर्जा साझेदार देश भएको क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताए ।

बुधबार रुसी ग्यास कम्पनी गाजप्रोमले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकिदिएको थियो । रुसी रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि कम्पनीले उक्त कदम चालेको थियो ।

बुधवार जारी एक विज्ञप्ति जारी गर्दै ग्याजप्रोमले राष्ट्रपति पुटिनले जारी गरेको आदेशअनुसार पोल्याण्ड र बुल्गेरियामा पूर्ण रूपमा ग्यास आपूर्ति रोकिएको जनाएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १० : ३५ बजे

Nepatop

‘मिसन–८४’ लाई केन्द्रित गरी काम गर्न पौडेलको निर्देशन

धनुषा – नेपाल कम्प्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले ‘मिसन–८४’

आगलागीमा परी दुई सय बाख्रा जले, डेढ करोडको क्षति

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० लप्सेमा रहेको विष्णु कृषि

शंखरापुरको जहरसिंपौवामा महायज्ञ हुँदै

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा

परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको आज हुने भनिएको फिनल्याण्ड भ्रमण

‘रंगेली’ले पायो प्रदर्शन अनुमति

काठमाडौं – चलचित्रकर्मीहरुको चौतर्फी विरोधपछि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर