कांग्रेस प्रवक्ता महत भन्छन्- केशव स्थापितको ‘गेम इज ओभर’ « Khabarhub

कांग्रेस प्रवक्ता महत भन्छन्- केशव स्थापितको ‘गेम इज ओभर’


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको गेम इज ओभर भएको बताएका छन् । 

काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै महतले स्थापितको हार निश्चित भएको बताएका हुन् ।  

‘स्थापित जी नोमिनेसन गरेर निस्किँदा मैँले सुन्दै थिएँ, गेम इज ओभर रे । म भन्छु, उहाँको गेम इज ओभर । अब बागमतीमा धेरै पानी बगिसकेको छ । फेरि फर्केर आउने सपना नदेखे हुन्छ,’ महतले भने । 

एमाले अध्यक्ष केपी ओली र स्थापितलाई लक्षित गरेर उनले राजनीतिलाई मनोरञ्जनको साधन नबनाउन आग्रह गरे ।

काठमाडौं महानगर कांग्रेसले जित्नु भनेको ५० वटा अरु नगरपालिका जिते बराबर हुने उनले बताए । सिर्जना सिंहलाई मत दिएर जिताउन आग्रह गर्दै उनले भने, ‘अरुले कुरा गर्ने तर, नेपाली कांग्रेसले काम गर्छन् । त्यसैले काम गर्ने पार्टीलाई निर्वाचित गर्ने समय आएको छ ।’ 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १ : २६ बजे

रुकुमपूर्वको विकासका लागि प्रचण्ड र अन्य उम्मेदवारका सङ्कल्प : आर्थिक तथा पूर्वाधार प्याकेज लागू गर्ने

रुकुमपूर्व– रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कम्युनिष्ट पार्टीका (नेकपा)का संयोजक

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस

वसन्तपुरमा विदेशी पर्यटकसहितले मनाए होली (तस्बिरहरू)

काठमाडौं– फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा