कांग्रेससँग तालमेल गर्ने  कर्णबहादुर मल्लको संकेत « Khabarhub

कांग्रेससँग तालमेल गर्ने  कर्णबहादुर मल्लको संकेत


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले  कांग्रेससँग तालमेल हुन सक्ने संकेत गरेका छन्। 

बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करुवा र रूख चुनाव चिह्नबीच तालमेल हुन सक्ने संकेत गरेका हुन्। शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छरु भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै मल्लले करुवा र रूख चुनाव चिह्नबीच तालमेल गराए स्वीकार्य हुने बताएका हुन्। 

उनले आफूहरूको बटमलाइन अमरगढीको मेयर हरि भट्ट रहेको समेत बताए। मल्लको यो भनाइले मल्लपक्षसँग गठबन्धन गरेको एमालेलाई सकस पर्ने भएको छ। दुई भागमा बाँडिएको कांग्रेस डडेल्धुराको मल्ल पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ।

पहिलादेखि रुष्ट बनेको मल्ल समूहले कांग्रेस बिपीबाट उम्मेदवारी दिएर एमालेसँग गठबन्धन गरेको थियो। जसअनुसार दुबै पक्षले तालमेल गरेर जिल्लाका ७ वटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै उम्मेदवारी दिएका छन्। 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १ : ३४ बजे

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत