आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण « Khabarhub

आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

बिहीबार काठमाडौंमा आर्थिक बर्ष २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्कका विषयमा पत्रकार सम्मेलन गर्दै विभागले चालु आर्थिक वर्षको ६ देखि ९ महिनासम्मका तथ्यांकको आधारमा नेपालको आर्थिक वृद्धिदर गत आबको भन्दा बढी हुने प्रक्षेपण गरेको हो ।

गत आर्थिक वर्षमा सोही समयमा ३.८३ प्रतिशतको आर्थिक वृद्धि भएको थियो ।

आधार मूल्यका आधारमा अहिले नेपालको अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ र उपभोक्ता मूल्यका आधारमा ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ रहेको राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले जानकारी दिएका छन् । उनका अनुसार चालु आबका लागि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ३७२ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ३८१ अमेरिकी डलर बराबर रहेको छ ।

चालु आबका लागि आयात १८ खर्ब रुपैयाँ र निर्यात ३ खर्ब २० अर्ब रुपैयाँ बराबर हुने देखिएको उनले बताए ।

नेपालको जीडीपीमा सबैभन्दा बढी कृषि, वन तथा माछापालन क्षेत्रको योगदान २३.९५ प्रतिशत, थोक तथा खुद्रा व्यापारको १६.४० प्रतिशत र घरजग्गा क्षेत्रको ८.७९ योगदान रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ४ : २९ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको