मनोनयन दर्ता अपडेटः १ लाख ५३ हजार जनाको उम्मेदवारी « Khabarhub

मनोनयन दर्ता अपडेटः १ लाख ५३ हजार जनाको उम्मेदवारी


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह निर्वाचनका लागि एक लाख ५३ हजारभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगले जारी गरेको तथ्यांकअनुसार शुक्रबार दिउँसो ३ः३० बजेसम्म एक लाख ५३ हजार दुई जना उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।

जसमा नगर प्रमुखमा तीन हजार ५१०, गाउँपालिका अध्यक्षमा तीन हजार ३८७, उपमेयरमा दुई हजार १६८, गाउँपालिका उपाध्यक्षमा दुई हजार ४०१ जनाको मनोनयन दर्ता गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

वडाअध्यक्षका लागि ३५ हजार ३५३ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यहरूका लागि २६ हजार ५३२ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यमा २३ हजार ९३१ र सदस्यहरूमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।

आयोगले उम्मेदवारी रूजु गर्ने काम जारी राखेको भन्दै अन्तिम उम्मेदवारको नामावली सार्वजनिक नगर्दासम्म केही घट्न सक्ने बताए । कानुनअनुसार मनोनयन दर्ता नभएकाहरूको उम्मेदवारी आयोगले खारेज गर्नेछ ।

त्यसका लागि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीको बन्द सूचीमा नाम नहटाएकाहरूको उम्मेदवारी आयोगले खारेज गर्नेछ । त्यस्तै कानुनले अयोग्य भनेको उम्मेदवारको हकमा पनि आयोगले उम्मेदवारी खारेज गर्नेछ ।

आयोगले शुक्रबार मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । भोलि १६ वैशाखलाई उम्मेदवारको नाम फिर्ता दिने समय तय गरिएको छ । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । १७ वैशाख उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ५ : ३१ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी